IME Life
Beema Board

दुई बीमा कम्पनीले साढे दुई अर्बको ‘लगानी कम्पनी’ खोल्दै, दोस्रो बजारमा सूचिकृत गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लगानीमा विविधिकरण गर्न निर्देशन दिए सँगै दुई बीमा कम्पनीले सहलगानीमा साढे २ अर्ब भन्दा माथिको लगानी कम्पनी खोल्ने भएका छन् । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले ग्लोबल इक्वीटी फण्ड सँग मिलेर संयुक्त लगानीमा ‘नेपाल इन्फ्राइस्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड लिमिटेड’ नामक कम्पनी दर्ता गरेका छन् ।

प्रारम्भिक चरणमा रहेको यस इन्भेष्टमेन्ट कम्पनीले यदि नेपाल बीमा प्राधिकरणले अनुमति दियो भने साढे दुई अर्ब भन्दा माथिको कम्पनी सञ्चालनमा ल्याउने छ । यस कम्पनीमा हिमालयन एभरेष्टको ४० प्रतिशत, प्राइम लाइफको ५० प्रतिशत र ग्लोबल इक्वीटी फण्डको १० प्रतिशत लगानी हुनेछ ।

Prabhu
Crest

दुबै बीमा कम्पनी नेपाल बीमा प्राधिकरणको अन्तिम स्वीकृतिको पर्खाइमा छन् । प्राधिकरणले बीमा कम्पनीहरुलाई आफ्नो कुल लगानीको अधिकतम १० प्रतिशतसम्म कृषि पर्यटन जलस्रोत लगायतका पुर्वाधार क्षेत्रमा लगानी गर्न पाउने व्यवस्था गरेको छ । प्राधिकरणले कम्पनीहरुलाई यस्ता क्षेत्रमा लगानी गर्न निर्देशन दिदै आएको छ । तर कम्पनीहरुले आफै यस्ता क्षेत्रमा लगानी गर्न चाहिरहेका छैनन् । त्यसैले कम्पनीहरुले यस्ता इन्भेष्टमेन्ट कम्पनी स्थापना गर्ने र तिनै कम्पनी मार्फत लगानी बढाउने नीति लिएका हुन् ।

जीवन बीमकको लगानी निर्देशिकामा भने इन्भेष्टमेन्ट कम्पनीको शेयरमा लगानी गर्दा कुल लगानीको ५ प्रतिशतसम्म मात्रै गर्न पाउने व्यवस्था गरिदिएको छ । प्राधिकरणले आफ्नो लगानी निर्देशिकामा स्पष्ट रुपमा इन्भेष्टमेन्ट कम्पनीमा लगानी गर्न पाउने व्यवस्था गरिदिएकाले पनि कम्पनीहरुलाई थप बाटो खुला भएको छ । यस हिसावले अहिले प्राइमको १९ अर्ब ९३ करोड छ । सामान्य रुपमा हेर्दा पनि प्राइमले यस्तो कम्पनीमा एक अर्ब रुपैयाँसम्म मात्रै  लगानी गर्न मिल्छ । हाल भइरहेको लगानीका हिसावले नियम अनुसार हिमालयन एभरेष्टले १८ करोड रुपैयाँ मात्रै लगानी गर्न मिल्छ ।

यदि अहिलेको मोडालिटी अनुसार नेपाल बीमा प्राधिकरणले दुबै कम्पनीलाई लगानी गर्न अनुमति दियो भने अरु कम्पनी थप्ने पक्षमा उनिहरु छैनन् । तर प्राधिकरणले लगानी थप्न अनुमति दिएन भने अन्य कम्पनीहरुलाई पनि समावेश गराउने यस लगानी कम्पनीको योजना छ ।

लगानी व्यवस्थापनको सम्पुर्ण काम ग्लोबल इक्वीटी फण्डको हुनेछ । ग्लोबल इक्वीटी फण्डले लगानीका उपकरण प्रयोग गर्दै विभिन्न क्षेत्रमा लगानी गर्नेछ । पब्लिक लिमिटेड कम्पनी हुने भएकाले भोलिका दिनमा यस कम्पनीलाई पनि दोस्रो बजारमा सूचिकृत गर्ने योजना रहेको छ । उपयुक्त समय आउने वित्तीकै दोस्रो बजारमा कारोबार गर्न मिल्ने गरी सूचिकृत गर्ने योजना बनाएको छ । यसले शेयर बजार, म्युचुअल फण्डदेखि लिएर विभिन्न क्षेत्रमा लगानी व्यवस्थापन गर्नेछ ।

यहि मोडालिटी अनुसार काम गर्दा बीमा कम्पनीहरुलाई पनि धेरै सहजिकरण हुनेछ । लगानीका लागि छुट्टै कम्पनी खोल्नु पर्ने लगानीका लागि ठुलो समुह बनाउनु पर्ने बाध्यता रहदैन । बीमा आफैमा जोखिमयुक्त क्षेत्र हो त्यसैले बीमा कम्पनीहरुले जोखिमयुक्त क्षेत्रमा लगानी गर्दैनन् । उनिहरुले सुरक्षित क्षेत्रमा लगानी गर्न जोखिरहेका हुन्छन् । तर बीमा कम्पनीहरुको कोष हरेक वर्ष बढ्दै गइरहेको छ । हाल जीवन निर्जीवन र पुनर्बीमाको कुल लगानी ५ खर्ब ७८ अर्ब छ । यसले बैंकहरुको कुल निक्षेपको ११ प्रतिशत हिस्सा ओगट्छ ।

अहिलेसम्म बीमा कम्पनीहरु बैंकहरुको मुद्दती निक्षेपमै रमिरहेका छन् । तर बीमा कम्पनीहरुले विभिन्न किसिमका लगानी कम्पनी स्थापना गरेर लगानीमा विविधता ल्याउने हो भने अवको केहि वर्षमा बैंकहरु भन्दा यस्ता लगानी कम्पनीको लगानी बढि हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%

खुसी

0%

दु :खी

13%

अचम्मित

27%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS