Connect IPS
IME Life

राष्ट्र बैंकको कदमले आत्तीए लगानीकर्ता, नाफा बुक सँगै ३ अंकको गिरावट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेपाल राष्ट्र बैंकलाई व्यवसायी र बैंकरको मागलाई संबोधन गर्न दिएको निर्देशन कार्यान्वयन होला नहोला भन्ने संकाले मंगलबार शेयर बजार प्रभावित भएको छ । व्यवसायीहरुले अर्थमन्त्रीको पावर लगाएर गभर्नरलाई चालु पूँजी कर्जाको विषयमा आफ्ना मागहरु संबोधन गराउन खोजिरहेका छन् । तर गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्रीको निर्देशनलाई लत्याउने हुन् कि भन्ने संका व्यवसायीमा छ ।

चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शनको कार्यान्वयन कुन तहका व्यवसायीहरुले कसरी कार्यान्वयन गर्ने विषयमा गभर्नर अधिकारीले छलफल गरिरहेका छन् । व्यवसायीहरु तत्काल यो मार्गदर्शन कार्यान्वयन गर्न नहुने अडानमा छन् ।

Prabhu
Crest

तरलता अभावको सन्दर्भमा व्यवसायीहरुले तरलता सहज बनाउने माग गर्दै गर्दा उचालिएको शेयर बजार यहि विषयबाट छलफल मोडिए पछि शेयर लगानीकर्ताहरुको पनि मनोविज्ञान कमजोर भएको छ । अर्थमन्त्रीमा विष्णु प्रसाद पौडेल आउने वित्तीकै व्यवसायी र लगानीकर्ताको आवाज सन्ने अर्थमन्त्री आएको भन्दै बजार सुधार भएको थियो ।

विगत डेढ वर्षदेखि सुस्ताएको बजार पछिल्लो समय गुल्जार बन्दै गएको छ । दुई सातामा २०० सय अंकले सुधार भएको बजारमा मंगलबार भने ३ अंकको करेक्सन भएको छ । कारोबार सुरु भएको केहि मिनेटमै गिरावट हुन थालेको शेयर बजार अधिकतम १४ अंकसम्मले तल झर्यो । यसको केहि समयमै १४ अंकको बाउन्स व्याक हुँदै थप १४ अंकको सुधार देखियो । यसरी नै आज दोस्रो बजारमा तिव्र उतारचढाव देखिएको छ ।

अन्तिम समयमा दोहोरो अंकको गिरावटबाट रिकभर हुँदै जम्मा ३.०३ अंकको गिरावट भयो । तिव्र उतारचढावकै विचमा आज तीन अर्ब ४५ करोडको कारोबार भयो । जसमा अघिल्लो साता शेयर खरिद गरेकाले नाफा बुक गरेका छन् । आज नाफा बुक गर्दा घट्ने र केहि समयमै खरिदकर्ता हाबी हुँदा सुधार हुने ट्रेण्ड थियो । आज ४ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो भने १०७ वटा कम्पनीको शेयर मूल्यमा सुधार देखियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

48%

खुसी

7%

दु :खी

32%

अचम्मित

5%

उत्साहित

9%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS