काठमाडौं । सात कम्पनीको लाभाश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । शिवम् सिमेन्टस, बोटलर्स नेपाल (बालाजु), बोटलर्स नेपाल (तराई), मुक्तिनाथ विकास बैंक, साधना लघुवित्त, मिर्मिरे लघुवित्त र गुराँस लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । यी कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस २० गते बुक क्लोज गर्दैछन् । सोही कारण आज सम्म कायम शेयरधनीले यी कम्पनीहरुको साधारण सभा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट १० दशमलव ५३ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश पारित का लागि कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा सामना होटल, हेटौडा, मकवानपुरमा बिहान १० बजेबाट शुरु हुने कम्पनीले जनाएको छ ।
बोटलर्स नेपाल (बालाजु) ले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश पारितका लागि कम्पनीले पुस २७ गते साधारण सभा बोलाएको छ । सभा होटल -याडिसन, लाजिम्पाट, काठमाडौंमा दिउँसो ३ बजेबाट शुरु हुनेछ ।
बोटलर्स नेपाल (तराई) ले गत आर्थिक वर्षको नाफाबाट ६० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले उक्त लाभाश पारितका लागि पुस २७ गते साधारण सभा बोलाएको छ । सभा होटल -याडिसन, लाजिम्पाट, काठमाडौंमा बिहान १० बजेबाट शुरु हुने कम्पनीले जनाएको छ ।
त्यस्तै, मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट १३ दशमलव ५० प्रतिशत बोनस शेयर र कर तिर्न शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल पोखरा ग्राण्ड, पार्दी, कास्कीमा बिहान १० बजेदेखि शुरु हुने कम्पनीले जनाएको छ ।
मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट २३ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश पारित गर्न कम्पनीले पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा योयो ब्याक्वेट सूर्यविनायक भक्तपुरमा बिहान ११ बजे देखि शुरु हुने कम्पनीले जनाएको छ ।
साधना लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश पारित गर्न कम्पनीले पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा सामना होटल गोरखा बिसौनी गोरखामा बिहान ११ः३० बजेबाट शुरु गर्ने कम्पनीले जानकारी दिएको छ ।
गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश पारितका लागि कम्पनीले पुस ३० गते वार्षिक साधारण सभा गर्नेछ । सभा भेडेटार भिलेज रिसार्ट, धनकुटामा बिहान ११ बजेदेखि शुरु हुने कम्पनीले जनाएको छ ।