Connect IPS
IME Life

विभिन्न ठाउँमा महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गएको हप्ता देशका विभिन्न ठाउँहरुमा “महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ” कार्यक्रम सम्पन्न गरेको छ । महिला समूदायलाई तालिम दिने, रोजगारीमा आवद्ध गर्ने र आय आर्जन गराउने उद्देश्यले यो कार्यक्रम संचालन गरेको हो ।

पुस ४ गतेबाट शुभारम्भ भएको यस अभियान गएको हप्ता पोखरा, बेनी, बुटबल, लम्की, चन्द्रगढी, बीरगञ्ज र बेलौरीमा पनि सम्पन्न भएको छ । पुस १६ गते बुटबलको ग्रिन भ्यालि पार्टि प्यालेसमा लक्ष्मी रायमाझीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ५० जनाको सहभागिता थियो। शाखा प्रमुख गणेश भुसालले संचालन गरेको कार्यक्रममा आर्यन खान र मार्केटिङ मेनेजर यम लाल न्यौपानेले महिला सशक्तिकरणमा महालक्ष्मी लाइफले ल्याएको यस अभियानले सकारात्मक भुमिका खेल्ने विश्वास व्यक्त गरे ।

Prabhu
Crest

त्यसैगरी सोहि दिन बेनीमा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा महिला सशक्तिकरण कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका अध्यक्ष दिल कुमारी घर्तिले महिलाहरुको तालिम र रोजगारीमा यो कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत प्रशान्तराज धमला, बेनी अस्पतालका डा. विराज आचार्य, कम्पनीको धौलागिरी प्रमुख जमुना आचार्य र समाजसेवी नीरमाया पुर्जा पुन गुरुङ ले कार्यक्रमको महत्व बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा ६० जना महिलाहरुको सहभागिता रहेको थियो ।

पुस १७ गते आइतबार बेलौरी उद्योग वाणिज्य संघको भवनमा पनि महिला सशक्तिकरण सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । ५५ जना महिलाहरुको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता बेलौरी न.पा. वडा नं ७ का वडा सदस्य विन्द्रावती रानाले गरिन् ।

कम्पनीका कार्यालय प्रमुख प्रदिप तिवारीले संचालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य लक्ष्मी बोहोरा र कार्यक्रमको महत्व बारेमा क्षेत्रिय प्रमुख हर्क बहादुर बोहोराले जानकारी गराएका थिए ।

त्यस्तै, पुस १६ गते नै महिला सशक्तिकरण सम्बन्धी छुट्टा छुट्टै कार्यक्रम पोखरा, लम्की, चन्द्रगढी र वीरगञ्जमा पनि सम्पन्न भएको छ । समाजका अगुवा महिला र जनप्रतिनिधिहरुको अध्यक्षतामा सम्पन्न कार्यक्रमले तालिम, रोजगारी र आय बृद्धिको यो कार्यक्रमले महिलाहरुको आत्मबल बढाउन र सशक्तिकरणमा ठुलो योगदान दिने विश्वास व्यक्त गरे ।

महालक्ष्मी लाईफले यो कार्यक्रम आर्थिक वर्ष २०७९र८० भित्र ३० जिल्लामा संचालन गरी ६० जनालाई प्रत्येक्ष र ३,००० जना लाई अप्रत्येक्ष रोजगारी दिने लक्ष्य लिएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS