काठमाडौं । आज साताको दोस्रो दिन पनि शेयर बजार बढेको छ । आज शेयर बजार नेप्से परिसूचक १७ दशमलव ५६ अंकले बढेर २,०६३ दशमलव ८३ को विन्दुमा कायम भएको छ । आज २५३ कम्पनीको ८२ लाख ७१ हजार ३५५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९६ करोड ९ लाख २७ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । आज कम्पनीको १६ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको १६ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।एनआइसी एशिया बैंकको ११ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।