काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार बढेको छ । आज नेप्से परिसूचक १७ दशमलव २६ अंकले बढेर २,०४६ दशमलव २९ को विन्दुमा कायम भएको छ । आज १२१ कम्पनीको शेयर मुल्य बढेको छ भने ८७ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २६१ कम्पनीको १ करोड ८ लाख ८० हजार ९०४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । बैंकको २२ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बैंकको शेयर मुल्य ८५४ रुपैयाँ रहेको छ ।
आज नेपाल टेलिकमको १९ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको ९२२ रुपैयाँमा कायम भएको छ । हिमालयन डिष्टिलरीको १५ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।