Connect IPS
IME Life

नाफा बुक सँगै सुधारको लयमा शेयर बजार, १७ अंकको सुधारमा चार अर्ब माथिको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नयाँ सरकार गठन सँगै उचालिएको शेयर बजार सामान्य सुधार सहित स्थिर भएको छ । लगानीकर्ताले नाफा बुक गर्दा उछाल आउन नसके पनि मुनाफा समायोजन सँगै मुनाफा बाटै शेयर खरिद गर्ने हाबी हुँदा बजार सुधारकै लयमा रहेको छ ।

लगानीकर्ताले नाफा बुकलाई पुनः बजारमै लगानी गर्दा आज १७.२६ अंकको सुधार देखिएको छ । सरकारले आर्थिक सुधारको लागि केहि कदम लिने विश्वासले लगानीकर्ताको मनोविज्ञान बढेको हो । लामो समय डिप्रेस रहेको लगानीकर्तामा गत साताको सुधारले हौस्याएको छ ।

Prabhu
Crest

आज साताको पहिलो दिन सुरुवातमा सामान्य सुधार देखिए पनि सिलङ प्रेसर हुँदा सयम समयमा सामान्य करेक्सन देखियो । करेक्सनका बाबजुद पनि अन्तिम समयमा १७.२६ अंकको सुधार भएको हो । सुधारको लयले लगानीकर्ताको कन्फिडेन्स बढ्दा आज कारोबार रकम पनि चार अर्ब चार करोड नाघेको छ । ११० वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा ७ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नविल बैंकको सर्वाधिक धेरै २२ करोड ५७ लाखको कारोबार भएको छ ।

बैंक व्याजदर उच्च हुँदा अहिले बैंकिङ प्रणालीमा पनि कर्जाको माग सुन्य छ । यदि यहि हिसावले माग नबढ्ने हो भने सिडि रेसियो बढ्दै जानेछ । यसले आगामी दिनमा बैंकिङ प्रणालीमा तरलता बढ्ने र व्याजदर घटाउन थप दवाव सिर्जना गर्नेछ । यहि व्याजदर बढ्यो भने शेयर बजारका लागी राम्रो मानिन्छ । यसले गर्दा पनि आज शेयर बजारमा अझै सुधारको संकेत देखिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS