IME Life
GBIME

माया खोला हाइड्रोपावरको आइपीओमा अवोदन दिने आज अन्तिम मौका

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले मंसिर २३ गतेदेखि निष्काश तथा विक्री खुला गरेको आइपीओमा स्थानीयले आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले स्थानीयबाट छिटो अवधि पुस ८ गतेसम्म मागबमोजिम आवेदन नपरेपछि पुस १७ गतेसम्मको अवधि थप गरेको थियो । बैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने कम्पनीले आइपीओ विक्री गरिसकेको छ ।

कम्पनीले पहिलो आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि एकै दिन आईपीओ निष्कासन गरेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीले २ लाख ४० हजार कित्ता शेयर खरीदका लागि पुस ८ गतेसम्म आईपीओ खरीदका लागि आवेदन दिएका थिए ।

Crest

हाल निष्काशनमा रहेको आईपीओ आयोजना अति प्रभावित क्षेत्र चैनपुर नगरपालिका वडा नम्बर ८ र ९ का स्थानीय, धर्मदेवी नगरपालिकाका वडा नम्बर ३, ४ र ५ का स्थानीय र मादी नगरपालिकाका वडा नम्बर ४ र ६ का स्थानीयलाई ६ लाख कित्ता शेयर निष्काशन गरेको हो ।

त्यस्तै प्रभावित क्षेत्रको रूपमा रहेका चैनपुर, धर्मदेवी र मादी नगरपालिकाका माथि उल्लेखित वडाबाहेक अन्य वडाका स्थानीयलाई ४ लाख कित्ता शेयर निष्काशन गरेको हो । स्थानीयले आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

शेयर निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल हेको छ । आवेदकहरुले विक्री प्रबन्धकसँगै आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले प्राइम कमर्सियल बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंकका संखुवासभाका तोकिएका शाखा कार्यालय तथा प्रभु क्यापिटल र माया खोला हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले संखुवासभामा १४ दशमलव ९ मायाखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS