Connect IPS
IME Life

महालक्ष्मी लाइफद्धारा तुल्सीपुरमा “महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ” कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले दाङको तुल्सीपुरमा “महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ” कार्यक्रम सम्पन्न गरेको छ । यही पौष १२ गते इन्दु आचार्यको अध्यक्षतामा संचालित कार्यक्रममा स्थानिय जनप्रतिनिधि महिला तथा विभिन्न संघ संस्थामा आबद्ध ८० भन्दा बढी महिलाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा महालक्ष्मी लाइफ इन्स्योरेन्स लि।का प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले मुलुकको विकासको लागि महिलाहरुलाई रोजगारी र आय आर्जनको कार्यमा सक्रिय गराउनु आवश्यक रहेको बताए ।

Prabhu
Crest

समाजमा पिछडीएका र कमजोर अवस्थामा रहेका महिलाहरुलाई राज्यले पनि अगाडी बढाउने नीति लिएकोले नाफामूलक संघ संस्थाले त्यस्मा सहयोग र सहकार्य गर्नु पर्ने आवश्यकता रहेको समेत उनले बताए ।

तुल्सिपुर कार्यालय प्रमुख टेकम धितालले संचालन गरेको कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत प्रशान्तराज धमलाले महिला सशक्तिकरणमा महालक्ष्मी लाइफले गर्ने कार्यक्रमको विषयमा प्रकाश पारेका थिए ।

कम्पनीका बजार प्रबन्धक यम लाल न्यौपानेले स्वागत मन्तव्य दिदै उपस्थित महिलाहरुलाई मनोबल उच्च बनाउन पनि आय आर्जन कार्यमा अघि बढ्न आग्रह गरे ।

सभापतिको आसनबाट इन्दु आचार्यले बैंक बीमा कम्पनी मध्ये महालक्ष्मी लाइफले पहिलो पटक ल्याएको महिला सशक्तिकरण कार्यक्रमको प्रशंसा गर्दै यस क्षेत्रको महिलाहरुको कार्यक्रममा पूर्ण सहयोग, सहकार्य हुने विश्वास दिलाइन् ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS