Connect IPS
IME Life

शेयर बजार बुलिस ट्रेण्डमा : शेयर बजार ६ महिनाकै उच्च, कतिसम्म पुग्ला नेप्से सूचक ?  

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार बुलिस ट्रेण्डमा अगाडी बढेको छ । अर्थमन्त्रीमा विष्णु प्रसाद पौडेल नियुक्त भएको दुई दिनमै ११६ अंकले बढेको नेप्से सूचक तेस्रो दिनमा सामान्य करेक्सन भए पनि आज पुन सुधारकै लयमा फर्केको छ । बुधबार १२ अंकले करेक्सन भएको नेप्से सूचक आज पुन सुधारको लयमा फर्किएको छ । आज साताको अन्तिम दिनमै ५६.८८ अंकले बढेको छ । नेप्से सूंचक २.५५ प्रतिशतले बढेर २०२२ अंक कायम भएको छ । सन् २०२२ को अन्तिम कारोबार दिनमै नेप्से सूचक पनि २०२९ कायम भएको हो । कारोबार रकम पनि २ अर्ब ६३ करोडको भएको छ ।

पछिल्लो वियरिस ट्रेण्डमा शेयर बजार अधिकतम विन्दुबाट तल झर्ने क्रममा १८४८ अंकसम्म तल झर्यो । करिव ५ महिना यहि विन्दुको हाराहारीमा अगाडी बढेको नेप्से सूचक नयाँ सरकार गठन सँगै पुरानै लयमा फर्किएको छ । शेयर बजारमा विगत एक डेढ वर्षदेखि लगातार तल झर्ने क्रममा लगानीकर्ता सर्वाधिक धेरै पेनिक थिए ।

Prabhu
Crest

यस अगाडीका अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारी विचको नराम्रो सम्बन्धका कारण नेपालको अर्थतन्त्र धेरै नै विग्रियो । राष्ट्र बैंक एकातिर अर्थमन्त्री अर्को तिर हुँदा आर्थिक संकटको समाधान भन्दा पनि झन् संकटमा पार्ने काम भयो । गभर्नर अधिकारी जसरी पनि बजारमा पेनिक अवस्था सिर्जना गर्ने योजनामा हुन्थे । यहि कारणले गर्दा अर्थमन्त्रीले भनेका केहि कुरा पनि उनले सनेनन् । अवस्था यतिसम्म बन्यो अर्थमन्त्रीले गभर्नर अधिकारीलाई विदामै बस्न निर्दशन दिए ।

यहि कारण अधिकारीले बैंकिङ प्रणालीमा तरलता अभावले चरम रुप लियो । आयात रोक्नेदेखि लिएर कर्जा प्रवाहमै कडाइ भयो । यहि अवधिमा विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासियो । आयात उच्च हुँदा वैदेशिक मुद्राको सञ्चिती नै तल झर्यो । राष्ट्र बैंकले पनि यहि तथ्याङ्कलाई खेलेर विदेशी मुद्राको सञ्चिति धेरै नै कम हुँदै गएको तथ्याङ्क सार्वजनिक गरिदियो । पछि एम अधिकारी काण्ड पछि उनले एकाएक विदेशी मुद्राको सञ्चित ह्वात्तै बढेको देखाइदिए ।

शेयर बजारलाई तल झार्ने नियतले नियोजित रुपमै राष्ट्र बैंकले शेयर धितोकर्जामा ४/१२ करोडको सिलिङ तोकिदियो । सिसिडी रेसियो खारेज गरेर सिडी रेसियो लागु गरिदियो । यसले एकातिर बैंकिङ तरलता ह्वात्तै कमजोर भयो भने अर्को तर्फ ठुला लगानीकर्ताले शेयर बिक्री गरेर बाहिरिनु पर्ने बाध्यता बन्यो ।

अव के होला ?

हिजो र आजको दिन फेरिएको छ । तत्कालिन एमाले सरकारले नियुक्त गरेका गर्भनर कायमै छन् । अर्थमन्त्रीमा विष्णु प्रसाद पौडेल आएका छन् । उनि आउने वित्तीकै गभर्नर अधिकारीले छलफल सुरु गरिसकेका छन् । पौडेलले सुधारका उपाय अवलम्बन गर्न निर्देशन दिइसकेका छन् । हिजोसम्म अर्थमन्त्रीले भनेको टेरपुच्छर नलगाउने गभर्नर अर्थमन्त्री भेट्न पुगिसकेका छन् ।

अर्को तर्फ राजनीतिक अर्थशास्त्र बुझेका पौडेल अर्थमन्त्री भएका छन् । उनि मासको ध्यान आकृष्ट गर्न चम्बु झन् । यसले पनि शेयर बजारको भविष्य उज्जल रहेको लगानीकर्ता बताउछन् । अवको केहि महिनामा धेरै वटा आर्थिक सूचक सकारात्मक देखिने छन् ।

राष्ट्र बैंकले तरलता सहजका लागि हिजो बुधबार ५० अर्बको दीर्घकालिन रिपो जारी गर्ने निर्णय गरिसकेको छ । यो भनेको राष्ट्र बैंकले अहिले बजारमा देखिएको तरलता अभावको समस्यालाई समाधान गर्नु हो । अर्को तर्फ तरलता अभावको समस्या कम देखिने वित्तीकै बैंकहरुले व्याजदर घटाउन थाल्ने छन् । व्याजदर घट्ने वित्तीकै अहिलेका उद्योगी व्यवसायीको माग पुरा हुन्छ ।

त्यस्तै अहिलेको ठुलो समस्या घरजग्गा पनि हो । यदि सरकारले कित्ताकाटमा सहजिकरण गरिदियो भने घरजग्गाको कारोबार खुला हुनेछ । घरजग्गाको कारोबार सहज हुने वित्तीकै अहिले डुबिरहेका सहकारी पनि विस्तारै सहज अवस्थामा आउने छन् । केहि हदसम्म सहकारीले पनि बजारलाई पेनिक बनाइरहेको छ ।

यहि आधारमा शेयर बजार अगाडी बढ्यो भने अवको केहि समय शेयर बजार सुधारकै लयमा अगाडी बढ्ने छ । यहि कारणले गर्दा पछिल्ला चार कारोबार दिनमा हिजो बाहेक सबै दिन ५० अंक भन्दा माथिको सुधार देखिएको छ । पहिलो दुई दिनमा ११६ अंकले सुधार हुँदा हिजो बुधबार १२ अंकको करेक्सन भयो । आज पुनः नेप्से सूचक ५६ अंकले सुधार भयो । यस हिसावले चार कारोबार दिनमा झण्डै १६० अंकको सुधार भयो । यो विगत ६ महिना यताकै उच्च हो ।

सूचकमा सुधार हुन थाले सँगै शेयर बजारमा लगानीकर्ता पनि प्रवेश हुन थालेको छ । साना ठुला लगानीकर्ता पनि बजार प्रवेश गर्न थालेकाले कारोबार पनि बढिरहेको छ । यदि नीतिगत रुपमा शेयर बजारलाई फेबरेवल अवस्था रह्यो भने अवको चैत बैशाखसम्ममा यस अगाडीको अधिकतम विन्दुमा पुग्न गाह्रो छैन । अर्को तर्फ कोभिड १९ को महामारी पुन व्यापक बन्दै गइरहेको छ । एकातिर अर्थ‍मन्त्रालय र राष्ट्र बैंकले तरलता सहजिकरणका लागि काम गर्दै जाने र अर्को तर्फ पुनः कोभिड १९ ले पुन आर्थिक गतिविधि कम हुँदै जाने अवस्था आयो भने बजार पुरानै लयमा फर्किन समय लाग्ने छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

70%

खुसी

0%

दु :खी

0%

अचम्मित

20%

उत्साहित

10%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS