IME Life
GBIME

एक इन्स्योरेन्स सहित ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । १ इन्स्योरेन्स कम्पनी सहित ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, आरएसडीसी लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स, यूनाइटेड इन्स्योरेन्स, कालिका पावर लिमिटेड र सेन्ट्रल फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

युनाइटेड इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई ३ प्रतिशत बोनश शेयर र ९ प्रतिशत नगद लाभांश गरी कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सोही लाभांश पारित गर्न कम्पनीले पुष २७ गते अनमोल बैंक्वेट शंखमुल काठमाडौंमा बिहान ११ बजे बस्नेगरी २९औं साधारण सभा आह्वान गरेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १७ गते बुक क्लोजको मिति तोकको छ । पुष १५ र १६ गते सार्वजनिक विदा भएको कारण आज पुष १४ गतेसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।

Crest

कालिका पावरले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले पुष २९ गते कम्पनीको रजिष्टार्ड कार्यालय भरतपुर चितवनमा बिहान ११ बजे बस्नेगरी साधारण सभा आह्वान गरेको छ । कम्पनीले पुस १७ गते बुक क्लोजको मिति तोकको छ । पुष १५ र १६ गते सार्वजनिक विदा भएको कारण आजसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।

त्यस्तै, सेन्ट्रल फाइनान्सले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सोही प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुष २९ गते कम्पनीको प्रधान कार्यालय कुपण्डोल ललितपुरमा बिहान १० बजे बस्नेगरी २६औं वार्षिक साधारण सभा आह्वान गरेकोछ । कम्पनीले पुष १७ गते बुकक्लोजको मिति तोकको छ । पुष १५ र १६ गते सार्वजनिक विदा भएको कारण आजसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।

फर्स्ट माइक्रोफाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १९ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश सहित २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सोही प्रस्तावित लाभांश पारित गर्न संस्थाले पुष ३० गते अम्रपाली बैंक्वेट भाटभटेनी, काठमाडौंमा बिहान १० बजे बस्नेगरी १३औं साधारण सभा आह्वान गरेको छ ।

संस्थाले पुष १७ गते बुक क्लोजको मिति तोकको छ । पुष १५ र १६ गते सार्वजनिक विदा भएको कारण भोलि पुष १४ गतेसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।

फरवार्ड माइक्रोफाइनान्सले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

सोही लाभांश पारित गर्न संस्थाले पुष ३० गते दिनेश चौधरी स्मृति प्रतिष्ठान, सुनसरीमा दिउँसो १ बजे बस्नेगरी १०औं साधारण सभा आह्वान गरेको छ । संस्थाले पुष १७ गते बुक क्लोजको मिति तोकको छ । पुष १५ र १६ गते सार्वजनिक विदा भएको कारण आजसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।

आरएसडीसी लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ८ प्रतिशत बोनश शेयर र ३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश प्रस्ताव पारित गर्न संस्थाले पुष २९ गते एशियन होटल, बुटवलमा बिहान ९ बजे बस्नेगरी ९औं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले पुष पुष १५ गते बुकक्लोजको मिति तोकेको छ । आजसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउनेछन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

75%

अचम्मित

0%

उत्साहित

25%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS