IME Life
Beema Board

नयाँ सरकार गठन सँगै व्यवसायीदेखि शेयरधनीकर्ताको दौडधुप, समस्या समाधान गर्ने अर्थमन्त्रीको प्रतिवद्धता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नयाँ सरकार गठन सँगै व्यवसायिक संघ संघठनको दौडधुप बढेको छ । नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चम्बर अफ कमर्स, उद्योग परिसंघका पदाधिकारीहरुले प्रधानमन्त्रीदेखि लिएर अर्थमन्त्री, गृहमन्त्रीसम्मलाई भेट्न भ्याइसकेका छन् ।

उनिहरुले नव निर्वाचित प्रधानमन्त्री तथा मन्त्रीहरुलाई बधाई दिनुका साथै तत्कालिन आर्थिक संकटलाई पनि समाधान गर्न अनुरोध गरेका छन् । पछिल्लो आर्थिक स्थिति र नेपाल राष्ट्र बैंकको रबैयालाई लिएर व्यवसायीहरु आन्दोलित हुँदै आएका थिए ।

Prabhu
Crest

उनिहरुले अर्थमन्त्री विष्णु प्रसाद पौडेल सँगको भेटघाट पछि आफ्ना सम्पुर्ण आन्दोलन समेत स्थगन गरेका छन् । अर्थमन्त्री पौडेलले पुस भित्रै सम्पुर्ण समस्या समाधान गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । उनले नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूँजीकर्ता मार्गदर्शन २०७९ को संशोधन गर्नेसम्मको प्रतिवद्धता दिएका छन् । व्यवसायीहरुले अर्थतन्त्र बचाउ भन्ने अभियानका साथ नेपाल राष्ट्र बैंक, अर्थमन्त्रालय लगायत सरोकारवाला निकायहरु सँग छलफल गर्दै आइरहेका छन् ।

व्यवसायी मात्रै नभइ शेयर लगानीकर्ताले समेत अर्थमन्त्रीलाई भेटर सुझाव दिइरहेका छन् । आजै शेयर लगानीकर्ता दिपेन्द्र अग्रवालले अर्थमन्त्रीलाई भेटेर १२ करोडको सिमा हटाउन सुझाव दिएका थिए । त्यस्तै शेयर लगानीकर्ता संघका पदाधिकारीहरुले पनि अर्थमन्त्रीलाई भेटेर बधाइ दिनुका साथै शेयर बजार सुधारको लागि सुझाव समेत दिन भ्याइसकेका छन् ।

अर्थमन्त्री पौडेलले भेट्न आएका जति सबै व्यवसायी तथा शेयर लगानीकर्ताहरुलाई काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । उनले दिएको प्रतिवद्धता कतिको कार्यान्वयन हुन्छ त्यो भोलिका दिनमा हेर्न बाँकी नै छ । अहिले अर्थमन्त्र जटिल मोडमा छ । घरजग्गा कारोबारदेखि लिएर शेयर बजार जस्तो क्षेत्र घटेर लगानीकर्ता तथा व्यवसायीहरु समस्यामा छन् । अर्को तर्फ देशमा उत्पादन नहुँदा नेपालीहरु विदेशिना बाध्य छन् । यस्तो अवस्थालाई पनि सरकारले सोच्नु पर्ने अवस्था छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS