काठमाडौं । आज नेप्से परिसूचक घटेको छ । आज नेप्से ११ दशमलव ८१ अंकले घटेर १,९७२ दशमलव १५ को विन्दुमा कायम भएको छ । आज २ अर्ब १५ करोड ३५ लाख ४७ हजार रुपैयाँको शेयर कारोबार हुँदा ५३ कम्पनीको शेयर मुल्य बढेको छ भने १५८ कम्पनकिो शेयर मुल्य घटेको छ ।
आज सेन्ट्रल फाइनान्स कम्पनी, प्रभु लाइफ कम्पनी र धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगनीकर्ताले धेरै प्रतिशतका दरले कमाएका छन् । यी तीन कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । खप्तड लघुवित्त र सिर्जनसिल लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । आज ६ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज सबैभन्दा धेरै महुली लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव २० प्रतिशतका दरले गुमाएका छन् ।