Connect IPS
IME Life

पौडेलको इन्ट्रिले हौसिएका लगानीकर्ताले दुई दिनैमा गरे नाफा बुक, ११.८१ अंकको करेक्सन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अर्थमन्त्रीमा विष्णु प्रसाद पौडेलको इन्ट्रिले हौसिएका लगानीकर्ताले तेस्रो दिनमै नाफा बुक गरेका छन् । गएका दुई दिनमा ११६ अंकले शेयर बजार सुधार हुँदा अघिल्ला दिनमा शेयर खरिद गर्नेहरुले राम्रो नाफा गरेका छन् । तिनै लगानीकर्ताले नाफा बुक गर्दा आज शेयर बजारमा तिव्र उतार चढाव देखिएको छ ।

कारोबार खुल्ने वित्तीकै घट्न थालेको नेप्से सूचक अधिकाम्स समय घटिरह्यो । पौडेल यस भन्दा अगाडी दुई पटक अर्थमन्त्री हुँदा शेयर बजार अधिकतम बढेको थियो । पौडेलको विगतको इतिहासलाई हेर्दै लगानीकर्ता हौसिएका हुन् ।

Prabhu
Crest

पौडेल अर्थमन्त्री भए पनि आर्थिक सूचकहरुमा खासै सुधार आइसकेको छैन । तर पौडेल अर्थमन्त्री भए सँगै नेपाल राष्ट्र बैंकले पौडेलले भने अनुसार गर्ने अपेक्षा गरिएको छ । आजै लगानीकर्ताहरुले शेयर धितोकर्जामा राष्ट्र बैंकले लगाउदै आएको १२ करोडको सिमा हटाउन सुझाव दिएका छन् । पौडेलले लगानीकर्ताहरुलाई हटाउने आश्वासन समेत दिएका छन् । पौडेल अर्थमन्त्री भए पनि उनको एक्सन हेर्न बाँकी छ । भोलिका दिनमा उनको कार्यशैलीले नै बजारको दिशा निर्धारण गर्नेछ ।

आज नेप्से सूचक ११.८१ अंकले घटेको छ । सूचकमा गिरावट सँगै कारोबार रकम पनि २ अर्ब १५ करोडमै सिमित भएको छ । हिजो तीन अर्ब भन्दा माथिको कारोबार भएको थियो । १४९ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आउदा ६० वटा कम्पनीको मूल्य अझै बढेको छ । आज ६ वटा कम्पनीको शेयर मूल्य अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS