Connect IPS
IME Life

बजार बढ्न थाले पछि कारोबार खुलाउदै बीमा कम्पनी, मर्जर पछि फुकुवा गर्ने योजनामा रहेकाले अव नकुर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मर्जरको सहमति पछि कारोबार रोक्का गरेका बीमा कम्पनीहरुले बजार बढ्न थाले पछि कारोबार फुकुवा गर्न थालेका छन् । शेयर बजारमा लगातार घटिरहेको भन्दै बीमा कम्पनीहरुले मर्जर पुरा भए पछि मात्रै कारोबार फुकुवा गर्ने योजना बनाएका थिए ।

तर नयाँ सरकारको गठन सँगै शेयर बजारमा उछाल आउन थाले पछि बीमा कम्पनीहरु भकाभक कारोबार फुकुवाको तयारीमा जुटेका छन् । कतिपय बीमा कम्पनीका सञ्चालकहरुले कारोबार फुकुवा नगर्दा दोस्रो बजारबाट लाभ लिन नसकिएको गुनासो समेत गर्न भ्याएका छन् । उनिहरुले कम्पनी सचिवलाई तत्काल कारोबार फुकुवाको आवस्यक तयारी गर्न समेत निर्देशन दिएको बुझिएको छ ।

Prabhu
Crest

बीमा कम्पनीहरुले मर्जरको सहमति गर्दा दोस्रो बजारमा कारोबार रोक्का राख्नु पर्ने प्रचलन थियो । नेपाल धितोपत्र बोर्डले नेपाल धितोपत्र बोर्डले गत कार्तिक २४ गतेदेखि “धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९” संशोधन गर्दै आधारभुत शेयरधनीको मात्रै कारोबार रोक्का हुने व्यवस्था गरेको थियो ।

यस पछि कतिपय बैंक वित्तीय संस्थाले आधारभुत शेयरधनी बाहेक सर्वसाधारण शेयरधनीहरुको कारोबार फुकुवा गरिदिएका थिए । तर बीमा कम्पनीहरुले भने खासै चासो दिएनन् । प्राधिकरणले निरन्तर मर्जरका लागि दवाव दिइरहेकाले बीमा कम्पनीहरुले मर्जरलाई छिटो भन्दा छिटो टुङ्ग्याउने अनि मात्रै दोस्रो बजारमा कारोबार फुकुवा गर्ने योजनामा थिए ।

तर सोमबार र मंगलबार दुई दिनकै कारोबारमा नेप्से सूचक ११६ अंकले सुधार भयो । अर्थमन्त्रीमा विष्णु प्रसाद पौडेलको इन्ट्रि सँगै शेयर बजारमा उछाल आयो । नेकपा एमालेका गभर्नर महाप्रसाद अधिकारीले नेपाली कांग्रेस र नेकपा माओवादीको सरकारलाई सक्दो असहयोग गर्दै आएका थिए । उनको सरकारलाई असफल बनाउने प्रयासकै कारण बैंकिङ क्षेत्रमा तरलता अभावको समस्या चुलियो ।

अव अर्थमन्त्रीमा नेकपा एमालेका विष्णु प्रसाद पौडेल आए सँगै तिनै गभर्नर अधिकारीले सहयोग गर्न थाल्ने अपेक्षा गरिएको छ । बैंकिङ क्षेत्रमा तरलता अभाव सिर्जना गरेका कतिपय नीतिगत व्यवस्थामा राष्ट्र बैंकले सहज गरिदिने वित्तीकै बैंकहरु कर्जा प्रवाह गर्न सक्ने अवस्थामा पुग्ने छन् । यसले गर्दा भोलिका दिनमा शेयर बजार अझै माथि पुग्ने विश्लेषण गरिएको छ । त्यसमा पनि पौडेल अर्थमन्त्री भएकै समयमा दुई पटक शेयर बजारले अधिकतम विन्दु चुम्यो । त्यसैले लगानीकर्ताको विश्वास पौडेल प्रति बढेको छ ।

यहि अवस्थालाई मूल्याङ्कन गर्दै अहिले कारोबार रोक्का रहेका बीमा कम्पनीहरु सगरमाथा इन्स्योरेन्स कम्पनी, युनियन लाइफ, गुराँस लाइफ, प्राइम लाइफ, लुम्बिनी जनरलले कारोबार फुकुवाको तयारी गरेका छन् । जवकी यि कम्पनीहरुले बजार घटुनजेल कारोबार नखुलाउने योजना बनाएका थिए ।

मर्जरको सहमति गरेर पनि नयाँ व्यवस्था अनुसार प्रिमियर, सिद्धार्थ, प्रभु, अजोड, प्रभु लाइफले कारोबार फुकुवा गरिसकेका छन् । अहिले सूर्या लाइफ र ज्योति लाइफले एकिकृत कारोबार सुरु गरिसकेकाले उनिहरु संयुक्त रुपमा शेयर कारोबार फुकुवा गर्ने तयारीमा छन् । एकिकृत कारोबार सुरु गरिसकेको सानिमा जिआइसीले पनि कारोबार फुकुवा गर्न बाँकी छ ।

यहि गतिमा शेयर बजारमा सुधार देखिन थाल्यो भने लगानीकर्ताले दोस्रो बजारबाट लाभ लिन सक्ने छैनन् । त्यसैले कम्पनीहरुले छिटो भन्दा छिटो कारोबार फुकुवा गर्ने योजनामा छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

56%

खुसी

11%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS