IME Life
Beema Board

नवनियुक्त गृह मन्त्री समक्ष महासंघको औपचारिक भेटवार्ता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नवनियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसंग नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको पदाधिकारी प्रतिनिधिमण्डलले आज गृह मन्त्रालयमा भेटवार्ता गरेको छ ।

सो अवसरमा महासंघका अध्यक्ष गोल्छाले नवनियुक्त गृह मन्त्रीलाई सिंगो निजी क्षेत्रकातर्फबाट बधाई एवं शुभकामना दिएका छन् । सो अवसरमा अध्यक्ष गोल्छाले मुलुकको उद्योग व्यवसाय र अर्थतन्त्रका विविध पक्षमाथि व्रिफिङ गरे ।

Prabhu
Crest

भेटवार्ताकाक्रममा महासंघ तथा जिल्ला/नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघका पदाधिकारी एवं कार्य समितिका सदस्य उद्योगी व्यवसायीको मर्यादाक्रमको उचित प्रवन्धका लागि अनुरोध समेत गरिएको थियो ।

त्यसैगरी सिमाक्षेत्रबाट हुने अवैध आयात/व्यापार नियन्त्रणमा पनि महासंघले भेटवार्ताका गृहमन्त्री समक्ष अनुरोध गरयो । भेटवार्तामा शान्ति सुरक्षाको विषयमा पनि जोड दिइएको थियो । जिल्ला जिल्लामा हुने औद्योगिक व्यापारिक मेला महोत्सवको आयोजना उद्योग वाणिज्य संघहरूबाट गर्ने व्यवस्थाका लागि सहयोग गर्न आग्रह गरिएको थियो ।

सो अवसरमा नवनियुक्त गृहमन्त्री लामिछानेले महासंघको शुभकामना तथा सदासयताका लागि आभार प्रकट गरेका थिए । गृहमन्त्री लामिछानेले देशका लागि अर्थतन्त्र, उद्योग व्यवसायको महत्वलाई आफूले राम्रोसंग मनन गरेकाले भेटवार्तामा महासंघले राखेका सुझावलाई आफूले गम्भीरतापूर्वक अध्ययन गरी कार्यान्वयनमा सकेको सहयोग गर्ने विश्वास दिलाए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS