Connect IPS
IME Life

क्यापिटल प्लानको प्रगति विवरण पेश गर्न प्राधिकरणको निर्देशन, कार्यालयमै बोलाएर सोधपुछ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सम्पुर्ण कम्पनीहरुलाई क्यापिटल प्लानको प्रगति विवरण पेश गर्न निर्देशन दिएको छ । प्राधिकरणले यहि  चैत मसान्त भित्र जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुलाई साढे दुई अर्ब रुपैया पूँजी जुटाउन निर्देशन दिएको छ ।

प्राधिकरणले २०७८ चैत १० गते निर्देशन जारी गर्दै एक महिना भित्रमा क्यापिटल प्लान र चैत मसान्त भित्र तोकिएको पूँजी जुटाउन निर्देशन दिएको थियो । सो बमोजिम कम्पनीहरुले प्राधिकरणमा क्यापिटल प्लान बुझाएका थिए ।

Prabhu
Crest

अहिले त्यहि क्यापिटल प्लान अनुसार काम भए नभएको विषयमा प्राधिकरणले मूल्याङ्कन गरिरहेको छ । तोकिएको पूँजी जुटाउन अव चार महिना पनि बाँकी छैन । त्यसैले पनि प्राधिकरणले कम्पनीहरुलाई दवाव दिन थालेको हो ।

अहिलेसम्म प्राधिकरणले युनाइटेड, सिद्धार्थ, प्रुडेन्सियल, नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रभु लाइफ, महालक्ष्मी लाइफ, एशियन लाइफ, आइएमई लाइफ सँग छलफल गरिसकेको छ । यि कम्पनीका सञ्चालक तथा सिइओहरु सँग मर्जरको प्रगतिविवरण माग गरिसकेको प्राधिकरणले अन्य कम्पनीहरुलाई पनि प्राधिकरणमा बोलाउने तयारी गरेको छ ।

क्यापिटल प्लान पश्चात १९ वटा कम्पनीहरुले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । उनिहरु मध्ये अहिलेसम्म तीन वटा मात्रै मर्जर पुरा भएका छन् । जसमा निर्जीवन तर्फ हिमालयन र एभरेष्ट मिलेर हिमालयन एभरेष्ट त्यस्तै सानिमा र जनरल मिलेर सानिमा जिआइसी बनिसकेका छन् । त्यस्तै जीवन तर्फ सूर्या लाइफ र ज्योति लाइफ मिलेर सूर्यज्योति लाइफ बनिसकेको छ ।

प्रिमियर र सिद्धार्थले मर्जरको विशेष प्रस्ताव सहित साधारणसभा आह्वान गरिसकेका छन् । यि दुईले साधारणसभाबाट मर्जरको प्रस्ताव पारित गर्ने वित्तीकै एकिकृत कारोबारको लागि तयारी गर्ने छन् । प्राधिकरणले हिजो मात्रै एशियन लाइफलाई पनि बोलाएर क्यापिटल प्लानको विषयमा स्पष्टिकरण सोधेको थियो । कम्पनीले सकेसम्म बोनस शेयर र हकप्रदबाटै पूँजी जुटाउने जानकारी दिएको छ ।

त्यस्तै नेकोले बोनस शेयर र नपुग पूँजीका लागि हकप्रद निष्काशनका लागि अनुमति माग गर्ने जनाएको छ । आइपिओ निष्काशन नगरेका बीमा कम्पनीमा संस्थापकहरुले आवस्यक पूँजी इन्जेक्ट गरिसकेको र केहि समय भित्रै आइपिओ निष्काशन गरेर पूँजी जुटाउने भन्दै स्पष्टिकरण दिएका छन् । यसै क्रममा प्राधिकरणले आइएमई लाइफ सँग प्रगति विवरण माग गरेको थियो । अहिले आइएमई लाइफ, रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ र सिटिजन लाइफ आफै पूँजी जुटाउने कुसरतमा छन् । यसका लागि उनिहरुले संस्थापक सँग आवस्यक पूँजी समेत संकलन गरिसकेका छन् । आइपिओ निष्काशन नगरेको महालक्ष्मी लाइफमा पनि संस्थापकले पूँजी इन्जेक्ट गरे पछि प्रभु लाइफ सँग मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेको छ । महालक्ष्मी लाइफ सँग मर्जरको संझौता गरेको प्रभु लाइफले हकप्रदको लागि प्राधिकरण समक्ष प्रस्ताव आह्वान गरेको छ । यदि प्राधिकरणले हकप्रद निष्काशन गर्न दिएमा यि दुई कम्पनी पनि मर्जरका लागि तयार छन् । प्राधिकरणले यस विषयमा दुबै तर्फका संस्थापकलाई मनाउने प्रयास गरिरहेको छ ।

मर्जरको सहमति नगरेका तर बोनस शेयर दिएर पूँजी जुटाउन नसक्ने बीमा कम्पनहरुलाई प्राधिकरणले मर्जरका लागि दवाव दिइरहेको छ । स्रोतका अनुसार ६ वटा कम्पनीहरुले निकट भविष्यमै मर्जरको सहमतिपत्रमा हस्ताक्षर गर्दैछन् ।

प्राधिकरणले बोनस शेयर दिएर पनि २०/३० प्रतिशत पूँजी नपुगेमा मात्रै हकप्रद शेयर निष्काशन गर्न दिने तर ५० प्रतिशत भन्दा माथिको हकप्रद शेयर निष्काशन गर्ने अवस्था रहेमा मर्जरमै जान दवाव दिदै आएको छ । यस हिसावले युनाइटेड, प्रुडेन्सियल, नेपाल इन्स्योरेन्स, एनएलजी, आइएमई जनरल छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS