काठमाडौं । आज शेयर बजार भारी अंकले बढेको छ । आज बजार ५६ दशमलव ८६ अंकले बढेर १,९२४ दशमलव ०७ को विन्दुमा कायम भएको छ । आज २०३ कम्पनीको शेयर मुल्य बढेको छ भने ४ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज २ अर्ब ९ करोड ७० लाख ४९ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै गोर्खाज फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । धौलागिरी लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त, सिर्जनशिल लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै, आज बजार भारी अंकले बृद्धि हुँदा नेपाल टेलिकमका लगानीकर्ताले भने गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ५६ प्रतिशतका दरले गुमाएका छन् । सिवाइसी नेपालका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका छन् ।