काठमाडौं । आज शेयर बजार भारी अंकले बढेको छ । आज बजार ५६ दशमलव ८६ अंकले बढेर १,९२४ दशमलव ०७ को विन्दुमा कायम भएको छ । आज २०३ कम्पनीको शेयर मुल्य बढेको छ भने ४ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा ५६ लाख ५३ हजार ५३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९ करोड ७० लाख ४९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल टेलिकमको कारोबार भएको छ । कम्पनीको २० करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ११ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ९ करोड ११ लाखको शेयर कारोबार भएको छ ।