Connect IPS
IME Life

स्थापनाकालदेखि लाभांशै नदिने १० बीमा कम्पनी, प्रतिफल सून्य हुँदा समेत किन हुन्छन् आकर्षित ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्थापनाकालदेखि अहिलेसम्म १० बीमा कम्पनीहरुले लाभांश दिन सकेका छैनन् । नेपाल बीमा प्राधिकरणले लाइसेन्स दिएर बीमा व्यवसाय सञ्चालन गरेको ५/६ वर्ष वितिसक्दा पनि १० बीमा कम्पनीका संस्थापक तथा सर्वसाधारण शेयरधनीहरुले अहिलेसम्म लाभांश प्राप्त गर्न नसकेका हुन् ।

निर्जीवन तर्फ अजोड इन्स्योरेन्स कम्पनी र सानिमा जिआइसी (साविक सानिमा र जनरल) इन्स्योरेन्स कम्पनीले स्थापनाकालदेखि लाभांश दिन सकेका छैनन् । त्यस्तै जीवन तर्फ युनियन लाइफ, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ, प्रभु लाइफ, महालक्ष्मी लाइफ, आइएमई लाइफ र सिटिजन लाइफले अहिलेसम्म लाभांश दिएका छैनन् । निर्जीवन तर्फ हिमालयन रिइन्स्योरेन्सले भने लाभांश दिन बेला भएको छैन ।  अझ सरकारकै पुर्ण लगानी रहेको राष्ट्रिय बीमा संस्थानले विगत १५ वर्षदेखि लाभांश दिन सकेको छैन ।

Prabhu
Crest

नेपाल सरकार तथा बीमा प्राधिकरणले २०७४ सालमा एकै पटक १० वटा जीवन बीमा कम्पनी र तीन वटा निर्जीवन बीमा कम्पनीलाई लाइसेन्स दिएको थियो । यस समयमा लाइसेन्स पाएर बीमा व्यवसाय गरेका १३ वटा बीमा कम्पनी मध्ये अहिलेसम्म तीन वटा कम्पनीले मात्रै शेयरधनीलाई लाभांश दिन सकेका छन् । हालसम्म सानिमा लाइफ, रिलायन्स लाइफ र ज्योति लाइफले लाभांश वितरण गरेका छन् । उनिहरुले वितरण गरेको लाभांश पनि एकदमै कम छ ।

यसरी बीमा कम्पनीमा अर्बौ रुपैयाँ लगानी गरेको ५/६ वर्ष वितिसक्दा पनि लाभांश पाउन नसक्दा अधिकाम्स बीमा कम्पनीहरु मर्जरको तयारीमा छन् भने केहि कम्पनीहरु भने अझै पूँजी थप गर्ने योजनामा छन् ।

सिटिजन लाइफ, आइएमई लाइफ, रिलायबल नेपाल लाइफ र सन नेपाल लाइफले संस्थापकहरु सँग पूँजी थप गर्न लगाइसकेका छन् । चार वटै कम्पनी आइपिओ निष्काशन गर्ने र नपुग पूँजीका लागि बोनस शेयर दिने योजनामा छन् । यदि बोनस शेयरले पनि पुगेन भने थोरै मात्र हकप्रद शेयर जारी गर्ने योजनामा छन् ।

प्राधिकरणले लाइसेन्स जारी गर्दा जीवन बीमा कम्पनीको न्युनतम चुक्ता पूँजी २ अर्ब थियो भने निर्जीवनको एक अर्ब मात्रै थियो । तर अहिले जीवन तर्फ ५ अर्ब र निर्जीवन तर्फ साढे दुई अर्ब रहेको छ । ५ वर्ष अगाडी बल्ल बल्ल पूँजी जुटाएका बीमा कम्पनीहरुलाई अहिलेको पूँजी जुटाउन अझ धेरै सकस भइसकेको छ ।

चार जीवन बीमा कम्पनीहरुले विद्यमान संस्थापकहरु सँगै थप पूँजी मागेका छन् । महालक्ष्मी लाइफका केहि संस्थापकहरुले पूँजी थप्न नमाल्दा बाहिरि लगानीकर्ताले खरिद गर्नु पर्यो । चार/चार वर्षसम्म एक रुपैयाँ पाउन नसकिरहेको अवस्थामा थप पूँजी जुटाउनु पर्दा उनिहरुलाई गाह्रो परेको हो । महालक्ष्मी लाइफ बाहेक आइएमई लाइफ, सन नेपाल, रिलायबल नेपाल र सिटिजन लाइफका संस्थापकहरुले भने समयमै आफ्नो दायित्व अन्तर्गतको पूँजी जटाएका छन् । अहिले जुटाको पूँजीबाट पनि आगामी वर्षमा प्रतिफल पाउने कुनै सम्भावना छैन ।

बीमा कम्पनीका लगानीकर्ताले तुलनात्मक रुपमा प्रतिफल कम पाउने गरेका छन् । एक दुई वटा कम्पनीको लाभांश आकर्षक देखिए पनि अधिकाम्स कम्पनीको लाभांश इतिहास हेर्यो भने दुई वर्षमा एक पटक, बैंकको साधारण निक्षेपको व्याजदर भन्दा पनि कम पाउने गरेका छन् । बैंककै मुद्दती निक्षेपमा पैसा राखिएको भए पनि वार्षिक १० प्रतिशत भन्दा माथिको प्रतिफल पाउन सकिन्छ तर बीमा कम्पनीहरुले मुस्किलले ५ प्रतिशत प्रतिफल पाउन गाह्रो छ ।

शेयर कन्भर्जन गरेर दोस्रो बजारबाट फाइदा लिदै

कम्पनीले कमाएर लाभांश दिन नसके पछि बीमा कम्पनीहरुका संस्थापकहरुको पछिल्लो एजेण्डा नै शेयर कन्भर्जन भएको छ । कम्पनी ऐन अनुसार सर्वसाधारण समुहको शेयर हिस्सा न्युनतम ३० प्रतिशत र अधिकतम ४९ प्रतिशत हुनु पर्छ । नयाँ स्थापना भएका सबैको पूँजी संरचना संस्थापक समुहको ७० प्रतिशत छ । यो ७० प्रतिशतलाई ५१ प्रतिशतसम्म झार्न पाइन्छ ।

तुलनात्मक रुपमा दोस्रो बजारमा बीमा कम्पनीको शेयर मूल्य माथि नै हुन्छ । यसले गर्दा संस्थापकहरुले आफ्नो समुहको ७० प्रतिशतलाई ५१ प्रतिशतमा झार्दा १९ प्रतिशत शेयर दोस्रो बजार मार्फत खरिद बिक्री गर्न पाइन्छ । यसरी आफ्नो समुहको १९ प्रतिशत शेयरलाई सर्वसाधारणमा परिणत गरेर दोस्रो बजारको भाउमा बिक्री गर्न पाउदा तीन चार गुणा बढि फाइदा हुन्छ ।

यहि रणनीतिले गर्दा पनि बीमा कम्पनीको लाइसेन्स आह्वान गर्दा संस्थापकहरुको अत्याधिक आवेदन पर्ने गर्छ । यसरी शेयर कन्भर्जन गरेर बिक्री गर्द आफ्नो पुरानो लागत सहित केहि नाफा पनि हुने भएकाले लगानीकर्तामा कम्पनीको पर्फरमेन्स प्रति खासै चासो हुँदैन । कतिपय लगानीकर्तालाई बीमाको सामान्य जानकारी समेत हुँदैन ।

नेपाल बीमा प्राधिकरणले मर्जरको बहानामा बीमा कम्पनीहरुलाई सजिलै शेयर कन्भर्जन गर्न दिइसकेका छन् । अहिले जति पनि बीमा कम्पनीहरु मर्जरमा गएका छन् ति सबैको पहिलो एजेण्डा नै शेयर कन्भर्जन छ । केहि दिन अगाडी प्रभु सँग मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेको अजोडले शेयर कन्भर्जनकै लागि विशेष साधारणसभा आह्वान गर्यो ।

जीवन बीमा तर्फ पहिलो मर्जर गर्न सफल ज्योति लाइफले शेयर कन्भर्जन गरिसकेको छ । बीमा कम्पनीका लगानीकर्ताको अर्को ध्यान दोस्रो बजार नै हो । कम्पनीका गोप्य सूचनामा खेलेर संस्थापक लगानीकर्ताले हरेक समयमा अर्बौ रुपैयाँ कमाउने गरेका छन् । कम्पनीले लाभांश घोषणा गर्ने समयमा, वित्तीय विवरण प्रकाशन गर्ने समयमा, कम्पनीको मुनाफा लगायत अन्य सूचकमा असर पार्ने खालका निर्णय गर्नु अगाडी सूचना लिएर शेयर कारोबार गरिरहेका हुन्छन् ।

बीमा कम्पनीका अझ ठुला लगानीकर्ताको ध्यान कम्पनीको बीमा कोषमा हुन्छ । जति ठुलो बीमा कोष हुन्छ कम्पनीको वार्गेनिङ पावर पनि बढ्छ । एउटै समुह तथा लगानीकर्ताको बैंक, बीमा कम्पनी तथा अन्य कम्पनीमा लगानी रहेको हुन्छ । तरलता अभावको समयमा आफ्नै बीमा कम्पनीबाट डिपोजिट लगेर आफैलाई कर्जा लैजानेदेखि लिएर अनेकौ अवान्छित फाइदा उठाउने गरेका छन् । यस्ता कोषबाट अप्रत्यक्ष रुपमा फाइदा लिइरहेका हुन्छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

25%

दु :खी

13%

अचम्मित

0%

उत्साहित

38%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS