काठमाडौं । प्राईम लाइफ इन्स्योरेन्स कम्पनीको धनगढी शाखाले अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बजार प्रमुख नभिन थापा र सुदुरपश्चिम प्रदेश प्रमुख टेकराज आचार्यको उपस्थितिमा सम्पन्न भएको हो ।
धनगढीको होटल फोलोरमा सम्पन्न भएको उक्त कार्यक्रममा करिब ८० जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा बीमा बिक्रि कसरी गर्ने, यसको महत्व के हो भन्ने बारे प्रस्तुकरणती रहेको थियो । साथै कम्पनी र बीमितबीच पुलको रुपमा रहने अभिकर्ताको भूमिका र जिम्मेवारी बारे जानकारी दिइएको थियो ।