काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ । कम्पनीको ४५ लाख ९८ हजार कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो । अश कम्पनीको शेयर संरचना संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत (५१ः४१) कायम भएको छ ।
बीमा प्राधिकरणबाट शेयर संरचना परिवर्तन स्वीकृत गर्ने सहमति पत्र, नेपाल धितोपत्र बोर्डको पूँजी सरचना परिवर्तन अभिलेख र कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्रबन्धपत्र नियामावलीमा संशोधन भए अनुसार यस कम्पनीको संस्थापक शेयर ५१ः४९ कायम रहने गरी परिवर्तन गरेको जनाएको छ ।
1671779691044