Connect IPS
IME Life

सिद्धार्थ इन्स्योरेन्सले तय गर्यो एजिएमको मिति, लाभांश र मर्जरको प्रस्ताव पारित गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले २१औं वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । कम्पनीको पुष ७ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा नेपाल पर्यटन बोर्डको सभाकक्ष, भृकुटी मण्डप, काठमाडौंमा बिहान ११ बजे आयोजना गर्ने जनाएको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्ता पुँजीको ९ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

साथै, सभाले सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीच एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा प्रस्तावहरु पारित गर्नेछ । साथै मर्जरपछि बन्ने कम्पनीको नाम ‘सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड’ कायम गरी सो को नामबाट निर्जिवन बीमा ब्यवसाय गर्ने विशेष प्रस्ताव समेत पारित गर्नेछ ।

दुई कम्पनीले गत असार २७ गते मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । सभाले मर्जरकोका क्रममा गरेका सम्पुर्ण सहमतिलाई अनुमोदन गर्नेछ ।

त्यस्तै, गत आार्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । साथै चालु आवको लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि सिद्धार्थ इन्स्योरेन्सले पुस १८ गते एकदिन बुक क्लोजको मिति तोकेको छ । पुस १७ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा भाग लिन पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS