काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा साविक सूर्या लाइफबाट अध्यक्ष सहित तीन जना र साविक ज्योति लाइफबाट ४ जना प्रतिनिधित्व हुने गरी सञ्चालक समिति तयार भएको छ ।
कम्पनीको सञ्चालक समितिको अध्यक्षमा साविक सूर्या लाइफका अध्यक्ष केशब प्रसाद भट्टराई चयन भएका छन् । त्यस्तै साविक सूर्या लाइफका सञ्चालक विवेक झा र हेमन्त नाहटा चयन भएका छन् ।
साविक ज्योति लाइफका अध्यक्ष नन्द किशोर शर्मा सञ्चालक समितिको सदश्यमा नियुक्त भएका छन् । साविक ज्योति लाइफका सञ्चालक सदश्यहरु आकाश गोल्छा, जयन्त कुमार अग्रवाल र प्रिया तायल चयन भएका हुन् ।
साविक ज्योति लाइफका स्वतन्त्र सञ्चालक दिपक कुमार अग्रवाल, शर्मिला श्रेष्ठ महर्जन र कौशल नौलखा सञ्चालक समितिबाट बाहिरिएका छन् । त्यस्तै साविक सूर्या लाइफका विशाल अग्रवाल, चुडामणी देवकोटा, कृति टिवरेवाल र विरेन्द्र वाबु श्रेष्ठ बाहिरीएका छन् ।