Connect IPS
IME Life

नेप्सेले दुई कम्पनीलाई स्पष्टीकरण माग गर्दै रोक्का गर्यो शेयर कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्सेले दुई कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले कालिका पावर कम्पनी लिमिटेड र मल्टीपर्पस फाइनान्स लिमिटेडको शेयर कारोबार आज बिहीवारदेखि रोक्का गरेको हो । दुवै कम्पनीले धितोपत्र मूल्यमा प्रभाव पार्ने गरी सूचना सार्वजनिक गरेको भन्दै नेप्सेले तीन दिनभित्र स्पष्टीकरण पेश गर्न भन्दै कारोबार रोक्का गरेको हो ।

कालिका पावर कम्पनीको पुस ६ गतेको सञ्चालक समितिको बैठकले लाभांश वितरणको निर्णय गरी पुस ७ गते कारोबार समय अर्थात् ११ बजेर ३६ मिनेटमा र मल्टीपर्पस फाइनान्सले पुस ६ गते सञ्चालक समिति बैठकमार्फत गरेको लाभांश सम्बन्धी निर्णय पुस ७ गते कारोबार समय अर्थात् ११ बजेर १८ मिनेटमा सार्वजनिक गरेको अर्थात कारोबार समयभित्र पत्र पठाएको भन्दै कारोबार रोक्का गरेको हो ।

Prabhu
Crest

कालिका पावरले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कुल १५ दशमलव ७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू। ६९ करोडको आधारमा १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

मल्टीपर्पस फाइनान्सले भने यस वर्ष कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

सूचीकृत कम्पनीहरूले धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था छ । उक्त व्यवस्था यी दुई कम्पनीले पालना नगरेको भन्दै नेप्सेले तीन दिनभित्र के कति कारणले समयमै जानकारी दिन नसकेको हो ? सो सम्बन्धमा स्पष्टीकरण पेश गर्न आग्रह गरेको छ ।

1671696924838
1671696595762

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS