Connect IPS
IME Life

सूर्यज्योति लाइफको सम्पुर्ण अभिलेख साविक सूर्या लाइफकै रहने, केन्द्रिय कार्यालय विराटनगरमा  

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मर्जर पछि बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको विवरणहरु साविक सूर्या लाइफकै रहने भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले सूर्या लाइफ इन्स्योरेन्स कम्पनीमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी गाभ्न स्वीकृति प्रदान गरे सँगै मर्जर पछि कम्पनीको ऐतिहासिक अभिलेखहरु सूर्या लाइफकै कायम रहने भएको हो । कम्पनी रजिष्ट्रारको कार्यालयले मंसिर २७ गते यस्तो स्वीकृति प्रदान गरेको हो ।

स्वीकृति सँगै कम्पनी रजिष्ट्रारले गाभिएपछि कम्नपीको पूँजी संचरना मिलाइ पेश गर्न निर्देशन दिएको छ । त्यस्तै कम्पनी गाभिए पछि कम्पनीको नियमावली बमोजिम कायम हुने सञ्चालक लगत पेश गर्न समेत निर्देशन दिएको थियो ।

Prabhu
Crest

स्वीकृति प्रदान गर्दा रजिष्ट्रारले गाभिने कम्नपीको जारि शेयर प्रमाणपत्र गाभ्ने कम्पनीमा रुपमान्तरण गर्ने र सोको जानकारी दिने शर्त राखेको थियो । सोही सर्त अन्तर्गत कम्पनी गाभिएको सार्वजनिक सुचना तथा परिवर्तित नामको जानकारी राष्ट्रियस्तरको क वर्गको दैनिक पत्रिकामा प्रकाशन गरी सोको जानकारी ३० दिन भित्र रजिष्ट्रारको कार्यालयमा पेश गर्न समेत निर्देशन दिएको थियो । गाभिएपछि गाभिने कम्नपीको ऋणधन दायित्व सम्पुर्ण गाभ्ने कम्पनीले व्यहोर्ने रजिष्ट्रारले जनाएको छ ।

मर्जर पछि पनि कम्पनीको लेटर हेडको तलपट्टी साविक कम्पनीको नाम कम्तिमा पनि एकवर्षसम्म उल्लेख गर्नु पर्नेछ । कम्पनीको ठेगाना विराटनगर महानगरपालिका ७ मोरंग एकमा रहनेछ । मर्जर पछि बनेको कम्पनीको अधिकृत पूँजी ६ अर्ब तोकिएको छ । त्यस्तै जारी पूँजी ४ अर्ब ५४ करोड छ भने चुक्ता पूँजी पनि ४ अर्ब ५४ करोड नै छ ।

1671614960862
1671614673526

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

89%

खुसी

0%

दु :खी

11%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS