काठमाडौं । हिजो बढेको बजार आज भने घटेको छ । आज नेप्से परिसूचक ५ दशमलव ८९ अंकले घटेर १,८६७ दशमलव २२ को विन्दुमा कायम भएको छ । आज ६३ कम्पनीको शेयर मुल्य बढेको छ भने १४० कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै आँधिखोला जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
त्यस्तै, आज सिर्जनशिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । इष्र्टन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ८५ प्रतिशतका दरले कमाएका छन् । घलेम्दी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै पञ्चकन्यामाई हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ६ दशमलव २८ प्रतिशतका दरले गुमाएका छन् ।