काठमाडौं । हिजो बढेको बजार आज भने घटेको छ । आज नेप्से परिसूचक ५ दशमलव ८९ अंकले घटेर १,८६७ दशमलव २२ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा २५२ कम्पनीको २४ लाख ४० हजार ३०७ कित्ता शेयर किनबेच हुँदा ८६ करोड ३८ लाख १६ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । बैंकको ११ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ३ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।