काठमाडौं । आज भने नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज परिसूचक १२ दशमलव ९५ अंकले बढेर १,८७१ दशमलव ८४ को विन्दुमा कायम भएको छ । आज १५२ कम्पनीको शेयर मुल्य बढेको छ भने ४६ कम्पनीको मात्रै शेयर मुल्य घटेको छ । आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
आज सबैभन्दा धेरै आँधिखोला लघुवित्त वित्तीय संस्था र सिर्जनशील लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । सिवाएसी नेपाल लघुवित्तका लगानीकर्ताले ७ दशमलव ६२ प्रतिशतका दरले कमाएका छन् ।