Connect IPS
IME Life

नयाँ सरकार गठनको चर्चाले शेयर बजारमा सुधार, नेपाल टेलिकमको सर्वाधिक कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नयाँ सरकार गठनको चर्चा सँगै दोस्रो बजारमा सुधार देखिन थालेको छ । हिजो सोमबारदेखि सुधारिन थालेको नेप्से सूचक आज १४.२२ अंकले बढ्यो । राष्ट्रपतिले सात दिन भित्रमा सरकार गठन गर्न अल्टिमेटम दिएकी छिन् । सम्पुर्ण दलहरुले संसदिय दलको नेता चयन सुरु गरिसकेका छन् ।

सबैभन्दा ठुलो दल नेपाली काङ्ग्रेसले भोलि संसदिय दलको नेताका लागि चुनाव गर्दैछ । यसका लागि महामन्त्री गगन कुमार थापा र शेर बहादुर देउवाले मनोनयन दर्ता गराएका छन् । अवको केहि दिनभित्रै नयाँ सरकार गठन हुनेछ । यदि नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकार गठन भयो भने अर्थमन्त्री नेपाली काङ्ग्रेसले नै लिने चर्चा छ । यसले पनि शेयर बजारमा सुधार देखिन थालेको हो ।

Prabhu
Crest

अहिले अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका गभर्नर, निर्वाचन आयोगका प्रमुख आयुक्त, अख्तियार दुरुपयोग अनुसन्धानका प्रमुख आयुक्तहरु फरक फरक राजीतिक दलबाट नियुक्त भएकाले सबै कुराहरुमा तालमेल मिलिरहेको छैन ।

अव बन्ने नयाँ सरकारले यि सबै कुराहरुलाई तालमेल मिलाएर लैजाने अपेक्षा गरिएको छ । यदि सबै पक्षहरु विचमा तालमेल मिल्यो भने अर्थतन्त्रले पनि निकास पाउनेछ । यसले गर्दा पनि हिजोदेखि शेयर बजारमा सामान्य सुधार देखिन थालेको हो ।

मंगलबार नेप्से सूचक १४.२२ अंकले सुधार भएर १८७३.११ अंकमा रोकिएको छ । सम्पुर्ण सूचकमा सुधार हुँदा १५२ वटा कम्पनीको शेयर मूल्य बढेको छ । सूचकमा सुधार आए पनि दोस्रो बजारमा जम्मा ९३ करोड ८ लाख रुपैयाँको मात्रै कारोबार भएको छ । आज होटल र अन्य सूचकमा सर्वाधिक सुधार देखिन्छ । आधिखोला, सिर्जनशिल लघुवित्त र धौलागिरी लघुवित्तको शेयर मूल्यमा सर्वाधिक सुधार हुने क्रममा सकारात्मक सर्किट लागेको छ । नेपाल टेलिकमको सबैभन्दा धेरै ६ करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल टेलिकमले आकर्षक लाभांश दिने हल्लाले शेयर बजारमा राम्रै सुधार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS