IME Life
GBIME

लाभांश पारित गर्न यूनाइटेड इन्स्योरेन्सले बोलायो एजिएम, यस्ता छन् प्रस्ताव

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । यूनाइटेड इन्स्योरेन्सले कम्पनीले पुस २७ गते साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको पुस ४ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।उक्त सभा शंखमुल स्थित अनमोल ब्याक्वेटमा गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको ५ प्रतिशतका दरले हुने बोनस शेयर र ० दशमलव २६३२ प्रतिशत नगद लाभांश गरि कुल ५ दशमलव २६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

Crest

सभाले संचालक समितिको तर्फबाट अध्यक्षज्यूबाट प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८ /७९ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७८ /७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित अनुसूचीहरु पारित गर्नेछ ।

सभाले आर्थिक वर्ष २०७९/८० को हिसाब किताब लेखापरीक्षण गर्नका लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने, कम्पनीको संस्थापक शेयर तथा सर्वसाधारण शेयरको अनुपात बमोजिम संचालक समितिको गठन गर्ने तथा सोहि बमोजिम कम्पनीको प्रबन्धपत्र, नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले लाभांश तथा साधारणसभा प्रयोजनको लागि पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।

1671452750514

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS