काठमाडौं । आज शेयर बजार बढेको छ । हिजोसम्म लगातार घटेको बजार आज ३ दशमलव ८३ अंकले बढेर १,८५८ दशमलव ८९ को विन्दसमा कायम भएको छ । आज बजारमा धेरै दिनपछिको बृद्धि हुँदा लगानीकर्ता उत्साहित भएका छन् । आज २५१ कम्पनीको २६ लाख ९९ हजार ३३१ कित्ता शेयर किनबेच हुँदा ८८ करोड ६० लाख ९८ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै प्राइम कमर्सियल बैंकको शेयर कारोबार भएको छ । आज बैंकको ६ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । परवार्ड माइक्रोफाइनान्सको ५ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ४ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।