काठमाडौं । नेपाल राष्ट्र बैंकले १७ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।
मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो २ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले ९१ दिनको लागि ५ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यस ट्रेजरी चैत ७ गते परिपक्व हुनेछ ।
त्यस्तै, १८२ दिनको लागि १० अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यस ट्रेजरी २०८० असार ५ गते परिपक्व हुनेछ । १ वर्षको लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० पुस ३ गते परिपक्व हुने जनाएको छ ।