काठमाडौं । साताको पहिलो कारोवार दिन नेप्से परिसूचक साढे २७ अंक घटेको छ । दोहोरो अंकले नेप्से घटेको दिन शीर्ष ५ ब्रोकरलाई हेर्दा ब्रोकरहरुको खरिद बिक्री सन्तुलनमा नै रहेको देखिन्छ । कुनै एक ब्रोकरबाट त्यति ठूलो “प्यानिक सेल” देखिएको छैन । शीर्ष ५ ब्रोकरलाई हेर्दा २ ब्रोकरले बिक्रीको तुलनामा खरिद धेरै गरेका छन् भने ३ ब्रोकरले खरिदको तुलनामा बिक्री धेरै गरेका छन् ।
आइतवार ब्रोकर नम्बर ३३ सर्वाधिक शेयर कारोवार गर्ने ब्रोकरमा परेको छ । ब्रोकर नम्बर ३३ बाट रु. १७ करोड ३२ लाखको शेयर कारोवार भएको छ । सो ब्रोकरबाट रु. ८ करोड १७ लाखको शेयर खरिद हुँदा रु. ९ करोड १५ लाखको शेयर बिक्री भएको छ । यस ब्रोकरबाट खरिदको तुलनामा रु. ९८ लाख धेरै बिक्री भएको छ ।
त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ५८ बाट रु. १७ करोड ४ लाखको शेयर कारोवार हुँदा रु. ९ करोड १ लाखको शेयर खरिद भएको छ भने रु. ८ करोड ३ लाखको शेयर बिक्री भएको छ ।
साताको पहिलो कारोवार दिन नेप्से २७ दशमलव ५४ अंकले घटेको छ। १ अर्ब १५ करोडको शेयर कारोवार भएको दिन नेप्से १८५५ दशमलव ०६ विन्दुमा आएर बन्द भएको थियो।