Connect IPS
IME Life

आर्थिक मन्दीमा व्यवसाय सून्य हुँदा उच्च व्यवस्थापनको छटपटाहट, ‘दोस्रो कार्यकाल सकसपुर्ण’

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जीवन तथा निर्जीवन बीमा कम्पनीका उच्च व्यवस्थापनमा धेरै नै छटपटाहट देखिन्छ । पछिल्ला वर्षको व्यवसायिक बृद्धिदर देखाएर दोस्रो कार्यकाल थप्न सफल सिइओहरुले व्यवसाय गर्नै सकेका छैनन् । व्यवसाय भित्र्याउन नसक्दा कम्पनीका सिइओहरु अहिले देश दौडाहमा छन् ।

बीमा जनचेतनाका कार्यक्रम लिएर कम्पनीहरु जिल्ला जिल्लामा गइरहेका छन् । समग्र आर्थिक अवस्था नै दयनिय भए पछि बीमा व्यवसाय पनि सुधार हुन नसक्ने लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नुर प्रकाश प्रधान बताउछन् । उनले भने ‘कर्जा प्रवाह देखिलिएर आयात नै लगभग ठप्प भए पछि बीमा त के समग्र अर्थतन्त्रै नै ठप्प छ ।’

Prabhu
Crest

अहिले भएका अधिकाम्स बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दोस्रो कार्यकाल विताइरहेका छन् । पहिलो कार्यकालमा जीवन तथा निर्जीवन बीमा व्यवसायको ग्राफलाई ऐतिहासिक बनाएका उनिहरुले नयाँ व्यवसाय भित्र्याउनै सकिरहेका छैनन् ।

निर्जीवन बीमा व्यवसायमा जवसम्म आर्थिक गतिविधि बढ्दैन, सवारी साधनको आयात बढ्दैन तवसम्म बीमा शुल्क आर्जन पनि बढ्दैन । पछिल्लो आयातको तथ्याङ्क हेर्यो भने गाडीको आयातमा व्यापक गिरावट देखिन्छ । नयाँ उद्योग कलकारखाना खुल्न सकेको छैन । बैंकिङ कर्जा लगभग ठप्प छ ।

जीवन बीमा व्यवसाय तर्फ हिजोका दिनमा व्यवसाय किनेर भए पनि ग्रोथको ग्राफ बढाउने कम्पनीहरुले यस वर्ष तर्सिएका छन् । तरलता अभावका कारण उनिहरु पोलिसी खरिद गरेर राख्ने अवस्थामा छैनन् । शाखा प्रवन्धक तथा एजेन्सी म्यानेजरहरु आफैले पैसा दिएर पोलिसी खरिद गराउने पक्षमा छैनन् । गएका वर्षमा शाखा प्रबन्धक तथा एजेन्सी म्यानेजरहरु आफैले पछि पैसा दिनुहोला अहिले म हालिदिन्छु भन्दै पोलिसी खरिद गरिदिन्थे । तर अहिले यो काम पनि सर्वाधिक जोखिमपुर्ण भइसकेको छ ।

यसरी भइरहेका च्यानलले व्यवसाय ल्याउन नसक्ने भए पछि बीमा कम्पनीका उच्च व्यवस्थापन तहका कर्मचारीहरु देश दौडाहमा छन् । नेशनल लाइफले अभिकर्तालाई विभिन्न चरणमा तालिम दिने र मोटिभेट गर्ने काम गरिरहेको छ । कम्पनीले अहिलेको समयमा अभिकर्ताहरु सँग विगतका तुलनामा बढि अन्तर्क्रिया गरिरहेको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले जानकारी दिए । उनले भने ‘हामीले शाखा निरिक्षण, अभिकर्ता भेटघाट कार्यक्रमलाई बढाएका छौ ।’

नेशनलले पुस ५/६ गते सोल्टी होटलमा ५/६ सय अभिकर्ताहरुलाई तालिम दिदै छ । सिइओ खत्रीले सुदुपश्चिम प्रदेशका शाखा कार्यालयमा निरिक्षण गर्नुका साथै २/३ सयका दरले अभिकर्ताहरुलाई तालिम नै सञ्चालन गरे । उनले भने ‘अहिलेको आर्थिक मन्त्रीको अवस्थालाई तोड्नैका लागि अभिकर्ताको तालिमलाई बढाइरहेका छौ ।’

त्यस्तै महालक्ष्मी लाइफले पनि विभिन्न जिल्लाका शाखा कार्यालयको भ्रमण गरिरहेको छ । शाखा कार्यालयका प्रवन्धक तथा कर्मचारी र अभिकर्तालाई भेटघाट गर्ने तालिम सञ्चालन गर्ने र मोटिभेसनल कार्यक्रमहरु आयोजना गरिरहेको छ ।

आर्थिक मन्दी सँगै आम नागरिकको खर्च गर्न सक्ने क्षमतामै ह्रास आइरहेको छ । पोलिसी नै खरिद गर्न नसक्ने अवस्था भए पनि यो समय जनचेतना अभिबृद्धिका लागि भने उपयुक्त समय हो । आर्थिक गतिविधिमा कमि आउदा अहिले मानिसहरु त्यतिकै बसिरहेका छन् । यदि उनिहरुलाई यो समयमा बीमाको विषयमा राम्रो सँग बुझाउन सकियो भने भोलिका दिनमा सहज भए पछि तिनै मानिहरुबाट पोलिसी ल्याउन सकिने जीवन बीमक संघका अध्यक्ष तथा सिटिजन लाइफका सिइओ पोषक राज पौडेलको धारणा छ ।

उनले भने ‘अहिले जुनसुकै काम गर्ने मानिहरु फुर्दिला छन् । व्यापार व्यवसाय नभएर खालि बसिरहेका मानिसहरुले समय पनि दिन सक्छन् । भोलिका दिनमा उनिहरुले समय दिनै सक्दैनन् । यदि हामीले उनिहरुलाई अहिलेदेखिनै बीमाको विषयमा बुझाउदै जाने हो भने भोलि सक्ने अवस्था आउना साथ उसले पोलिसी खरिद गर्न सक्छ ।’

उनले थपे ‘बीमा जनचेतनाको कार्यक्रम गर्ने हो भने यो सहि र उपयुक्त समय हो । यदि कुनै पसलमा दिनभरिमा ५ जना पनि ग्राहक छिर्दैन भने उसले अभिकर्तालाई समय दिन सक्छ । अभिर्ताले पनि उसलाई राम्ररी बुझाउन सक्छ ।’

यसैक्रममा सिटिजन लाइफले विद्यार्थी सँग बीमा कार्यक्रमलाई व्यापक रुपमा अगाडी बढाइरहेको छ । यदि एउटा विद्यार्थीलाई बीमाको विषयमा पढाउन बुझाउन सकियो भने उसले आफ्नो परिवारलाई पनि पढाउछ बुझाउछ भन्ने मान्यताका साथ यो कार्यक्रम आयोजना गरेको हो । कम्पनीले ट्रेड मार्क नै दर्ता गरेर स्कुल स्कुलमै गएर तालिम तथा जनचेतना सम्बन्धी कार्यक्रम सञ्चालन गर्नेछ ।

यदि अहिलेको खाली समयमा बीमा कलेज तथा स्कुलका विद्यार्थीहरु सँग यस्तो तालिम सञ्चालन गर्यो भने कलेज तहका विद्यार्थीहरुले भोलिका दिनमा जागरि वा व्यवसाय गर्ने वित्तीकै बीमा गर्न सक्छन् साथै उनिहरु आफैले पनि अभिकर्ताको पेशा अपनाउन सक्छन् ।

सक्रिय प्रमुख कार्यकारी अधिकृतहरु देश दौडाहामा छन् भने कतिपय सिइओहरु व्यवसाय छैन भन्दै टाउकोमा हात राखेर बसिरहेका छन् । कम्पनीहरुका अनुसार मंसिर महिनामै व्यवसाय हुनै सकेन । नविकरण बीमा शुल्क उठाउनै कम्पनीहरुलाई धौ धौ परिरहेको छ ।

अधिकाम्स बीमा कम्पनीहरुले मिलेसम्म सिइओहरुको कार्यकाल दोहोर्याएका छन् । एक वर्षको अवधिमा मात्रै युनियन लाइफ, रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ, सन नेपाल लाइफ, नेको, सगरमाथा, अजोड, आइएमइ जनरल, शिखर लगायतले सिइओको कार्यकाल दोहोर्याएका छन् । त्यस्तै कतिपयले नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरिरहेकैलाई सिइओमा अपग्रेड गरेका छन् । कम्पनीहरुले जति अवसर दिएको छ सिइओहरुले व्यवसाय दिन नसक्दा उनिहरु तनावमा छन् । दोस्रो कार्यकाल थप गर्दा कम्पनीहरुले उनिहरुलाई राम्रो सेवा सुविधा र तलब दिएका छन् । तर उपलब्धी भने बढ्न सकेको छैन ।

व्यवसायकै कारण कतिपय कम्पनीका सिइओहरुको जागर नै धरापमा छ । उच्च व्यवस्थापनले उनिहरुलाई स्पष्टिकरण सोधिरहेको छ । जतिसुकै स्पष्टिकरण सोधे पनि नयाँ व्यवसाय भित्रिने सम्भावना धेरै नै न्युन छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS