काठमाडौं । आज साताको अन्तिम दिन पनि शेयर बजार घटेको छ । आज नेप्से १४ दशमलव ४८ अंकले घटेर १,८८२ दशमलव ६० को विन्दुमा कायम भएको छ । आज २८ कम्पनीको शयर मुल्य बढेको छ भने १६७ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । इष्र्टन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । माउन्टेन इनर्जी कम्पनीका लगानकिर्ताले ७ दशमलव ६१ प्रतिशतले कमाएका छन् ।
आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।