Connect IPS
IME Life

लगानीकर्ताको मनोबल कमजोर हुँदा शेयर बजार घट्ने क्रम रोकिएन, १४.४८ अंकको गिरावट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लगानीकर्ताको मनोविज्ञान कमजोर हुँदा शेयर बजार घट्ने क्रम अझै पनि रोकिन सकेको छैन । बैंक व्याजर, तरलता, अस्थिर राजनीतिक अवस्था र नेपाल राष्ट्र बैंकको अस्थिर नीतिका कारण लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको हो । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक मौद्रिक समिक्षामा पनि बैंकिङ तरलता तथा व्याजदरलाई तत्काल सुधार गर्ने खालेको कुनै पनि पोलिसी नल्याउदा लगानीकर्ताको मनोबल बढ्न नसकेको हो ।

आर्थिक मन्दीले उद्योग व्यवसाय धरासायी बन्दै गएको भन्दै व्यवसायीहरुले प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग मन्त्री, नेपाल राष्ट्र बैंकका गभर्नर सँग नियमित रुपमा भेटघाट गरिरहेका छन् । तर उक्त भेटघाटले खासै सार्थक रुप लिन सकेको छैन ।

Prabhu
Crest

यसैले गर्दा शेयर बजारमा लगानीकर्ताको आकर्षण पनि घटिरहेको छ । सोमबार नेप्से सूचक १४.४८ अंकले घटेको छ । बिहीबार नेप्से सूचकमा गिरावट आउदा १८८२.६० अंकमा रोकिएको छ । आज १६७ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने २८ वटा कम्पनीको शेयर मूल्यमा मात्रै सुधार देखिन्छ ।

सर्वाधिक धेरै रु.रु जलविद्युत कम्पनी र इस्ट्रन हाइड्रोपावरको शेयर मूल्यमा सुधार हुने क्रममा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै पिपुल्स पावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै एनसिसी बैंकको संस्थापक शेयर २२ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

14%

दु :खी

14%

अचम्मित

0%

उत्साहित

71%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS