काठमाडौं । आज पनि शेयर बजार घटेको छ । आज नेप्से परिसूचक ४ दशमलव ०७ अंकले घटेर १,८९५ दशमलव ६३ को विन्दुमा कायम भएको छ । आज ७२ कम्पनीको शेयर मुल्य बढ्दा १२२ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था र इष्र्टन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८ दशमलव २० प्रतिशतका दरले कमाएका छन् । रसुवागढी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।