काठमाडौं । साविक सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण तयार पारेको छ । कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेश गर्ने निर्णय गरेको हो ।
कम्पनीले एनएफआरएस प्रणाली अनुसार वित्तीय विवरण तयार परेको हो । साविकको सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनी मर्जर भएर सानिमा जनरल इन्स्योरेन्स कम्पनी भइसकेका छन् । मर्जर भन्दा अगाडीको लेखापरीक्षण साविककै कम्पनीहरुको जे जस्तो अवस्था थियो त्यहि अवस्थामा गर्नु पर्छ । यसले गर्दा सानिमा जिआइसीले साविक दुई कम्पनीको लेखापरीक्षण छुट्टा छुट्टै अवस्थामा पेश गरेका हुन् । साविक जनरल इन्स्योरेन्स कम्पनीको भने वित्तीय विवरण तयार भइसकेको छैन ।