Connect IPS
IME Life

गरिमा विकास बैंकको साधारण सभा पुस २२ गते, लाभांश सहित यस्ता छन् प्रस्ताव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले पुस २२ गते १६औं वार्षिक साधारण सभा बोलाएको छ । मङ्सिर २६ गते बसेको बैंकको सञ्चालक समिति बैठकले होटल पोखरा ग्राण्ड, पोखरामा सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित कुल १४ दशमलव ५० प्रतिशत लाभांश प्रस्तावलाई पारित गर्नेछ ।

Prabhu
Crest

कात्तिक २४ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम चुक्तापूँजी रू। ४ अर्ब ५९ करोड ८ लाख ७३ हजारको आधारमा १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

गरिमा विकास बैंकले साविक सहारा विकास बैंक लिमिटेडलाई प्राप्ति गरी २०७८ कात्तिक २८ गतेदेखि एकीकृत कारोबार गर्दै आएको छ । यसर्थ प्रचलित कानूनबमोजिम लाभांश कर छुट पाउने शेयरधनीहरूलाई नगद लाभांश वितरण गर्नुका साथै कर छुट नपाउने शेयरधनीहरूको हकमा नगद लाभांशबाट कर भुक्तानी गरिने जानकारी कम्पनीले दिएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ८ गतेदेखि पुस २२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस ७ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन पाउनेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS