Connect IPS
IME Life

प्रभु लाइफ छैठौं वर्षमा प्रवेश, लाखौ बीमितहरुको मन जित्न सफल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी ५ वर्ष पुरा गरी छैठौ वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०७४ भदौ ७ गते जीवन बीमा व्यवसाय सञ्चालन अनुमति पाइ विधिवत रुपमा २०७४ मंसिर २८ गतेदेखि जीवन बीमा व्यवसाय शुभारम्भ गरेको थियो ।

कम्पनीले जीवन बीमा व्यवसाय शुभारम्भ गरेदेखि अहिलेसम्म ६ अर्ब १७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरिसकेको छ । बीमित सँग ६ अर्ब १७ करोड रुपैयाँ बीमा शुल्क उठाउदा जीवन बीमा कोषमा भने तीन अर्ब ४२ करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ । महाविपत्ती जगेडा कोषमा भने तीन करोड ८४ लाख रुपैयाँ छ ।

Prabhu
Crest

प्रभुले तीन लाख ६२ हजार बीमा पोलिसी जारी गरिसकेको छ । बीमितहरुले ७६ करोड ७८ लाख रुपैयाँको दाबी भुक्तानी पाइसकेका छन् । बीमितहरुले प्रतिहजार ३३ रुपैयाँदेखि ७० रुपैयाँसम्मको बोनसदर पाएका छन् ।

कम्पनीले स्थापनाको तीन वर्षमै सर्वसाधाणका लागि आइपिओ जारी गरेर नियामकीय पूँजी जुटाउन सफल भएको थियो । कम्पनीले २०७७ मंसिर २९ गते सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्दा माग भन्दा साढे चार गुणा बढि आवेदन परेको थियो । आइपिओ पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब छ भने जगेडा कोषमा ५२ करोड ७५ लाख रुपैयाँ जम्मा भइसकेको छ । कम्पनीले अहिलेसम्म मुनाफालाई जगेडा कोषमै जम्मा गरेर लाभांश वितरण गरेको छैन ।

प्रभु समुहको प्रवर्द्धनमा स्थापित प्रभु लाइफले छोटो समयमै आफ्नो ब्राण्ड स्थापित गर्न सफल भएको छ । कम्पनीले आफ्नो ब्राण्डलाई एकल हिसावले अगाडी बढाउन चाहे पनि नेपाल बीमा प्राधिकरणको क्यापिटल प्लानका कारण मर्जरको बाटो रोज्न बाध्य भएको छ ।

प्रभुले महालक्ष्मी लाइफ सँग मर्जरको सहमति गरेको छ । दुबै कम्पनीले मर्जरको आवस्यक प्रकृयाँ अगाडी बढाइरहेका छन् । यदि प्राधिकरणले मानेको भए प्रभु समुहले हकप्रद शेयर मार्फत पूँजी जुटाउने योजना बनाएको थियो । प्राधिकरण नमाने पछि महालक्ष्मी लाइफ सँग मर्जर गरेर ५ अर्ब पुर्याउदैछ ।

विश्वास सुरक्षा समृद्धि निरन्तर अगाडी भन्ने नाराका साथ जीवन बीमा व्यवसाय शुभारम्भ गरेको प्रभुले बजारमा छुट्टै छाप बसाल्न सफल भएको छ । वार्षिकोत्सवको अवसरमा प्रभु लाइफले सबै ग्राहक, बीमा अभिकर्ता, नियमनकारी निकाय, शेयरधनीहरु तथा शुभचिन्तकहरुमा विश्वास र निरन्तर प्रोत्साहनका लागि अनुरोध गर्नुका साथै शुभकामना व्यक्त गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

70%

खुसी

20%

दु :खी

10%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS