काठमाडौं । हिजो दोहोरो अंकले बढेको बजार आज फेरी सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक २ दशमलव ५७ अंकले घटेर १,८९९ को विन्दुमा कायम भएको छ । आज २४८ कम्पनीको २० लाख ५८ हजार ५१० कित्ता शेयर किनबेच हुँदा ७७ अर्ब ७० करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । आज बैंकको ७ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको ६ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । समिट लघुवित्तको ४ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।