Connect IPS
IME Life

६ इन्स्योरेन्स कम्पनीले पाए बेस्ट म्यानेज्ड कम्पनी अफ द इयरको अवार्ड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन पेन्ट्स ‘न्यू बिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०२२’अन्तर्गत विभिन्न विधामा अवार्ड वितरण गरिएको छ । जस अन्तर्गत बेस्ट म्यानेज्ड ननलाइफ इन्स्योरेन्स कम्पनी अवार्ड शिखर इन्स्योरेन्स कम्पनीले जितेको छ । यस विधामा सगरमाथा इन्स्योरेन्स कम्पनी दोस्रो र नेको इन्स्योरेन्स कम्पनी तेस्रो भएका छन् ।

त्यस्तै, बेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनीको उपाधि भने नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले जितेको छ । यस विधामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी दोस्रो हुँदा लाइफ इन्स्योरेन्स कर्पोरेशन कम्पनी (नेपाल) लिमिटेड तेस्रो भएको छ ।

Prabhu
Crest

यी अवार्डको विजेता ४ सदस्यीय जुरीको टोलीले छनोट गरेको थियो । जसमा एनएलजी इन्स्योरेन्स कम्पनीका अध्यक्ष विमल वाग्ले, बीमा विज्ञ श्रीमान कार्की, पीकेएफ टीआर उपाध्याय एण्ड कम्पनीका म्यानेजिङ पार्टनर शशी सत्याल र सिन्हा बर्मा ल कन्सर्नका म्यानेजिङ पार्टनर महेश कुमार थापा रहेका थिए ।

त्यसैगरी यी विधामा फाइनान्स, कमर्सियल बैंक, लघुवित्तले पनि उपाधी जितेका छन् । जसअन्तर्गत बेस्ट म्यानेज्ड माइक्रोफाइनान्स कम्पनी अवार्ड छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले जितेको छ । यस विधामा फरवार्ड कम्युनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो स्थानमा रहँदा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो स्थान हासिल गरेको छ ।

यस्तै, बेस्ट म्यानेज्ड फाइनान्स कम्पनीको अवार्ड भने आईसीएफसी फाइनान्स लिमिटेडले जितेको छ । यस विधामा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स दोस्रो र गुडविल फाइनान्स कम्पनी तेस्रो भएको छ ।

यसैगरी, बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको उपाधि शाइन रेशुंगा डेभलपमेन्ट बैंकले जितेको छ । यस विधामा मुक्तिनाथ विकास बैंक दोस्रो हुँदा लुम्बिनी विकास बैंक र कामना सेवा विकास बैंक संयुक्त रुपमा तेस्रो भएको छ ।

बेस्ट म्यानेज्ड कमर्सियल बैंकको अवार्ड भने स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले जितेको छ । यो विधामा सिद्धार्थ बैंक लिमिटेड दोस्रो भएको छ भने राष्ट्रिय वाणिज्य बैंक तेस्रो भएको छ । बेस्ट म्यानेज्ड कम्पनी अफ द इयरको अवार्ड भने शिवम् सिमेन्टले जितेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

2%

दु :खी

13%

अचम्मित

5%

उत्साहित

5%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS