Connect IPS
IME Life

शेयर बजारमा दोहोरो अंकको सुधार, सरकार बन्ने चर्चा सँगै १५ अंकको बाउन्स व्याक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सोमबार नेप्से सूचक दोहोरो अंकले सुधार भएको छ । १५ अंकको बाउन्स व्याक सँगै १६.९७ अंकको सुधार देखिएको छ । आइतबार ३१ अंकले घटेको नेप्से सूचक आज भने घटेको थियो । आजै १५ अंक तल झरेको नेप्से सूचक कारोबारको अन्तिम समयमा १६ दशमलब ९७ अंकले सुधार देखिएको हो ।

कारोबारको अन्तिम समयमा शेयर बजारमा उछाल आएको हो । सिडी रेसियोमा सुधार सँगै शेयर बजारमा सुधार देखिएको हो । हिजो मात्रै चुनावको अन्तिम परिणाम आएको थियो । राजनीतिक दलले समानुपातिक निर्वाचन तर्फ पनि आफ्ना प्रतिनिधि नियुक्त गरे सँगै सरकार बन्ने बाटो खुला भएको छ ।

Prabhu
Crest

आजै सरकारले रेशम चौधरीलाई अध्यादेश मार्फत जेलबाट छुटाउदैछ । नेपाली कांग्रेस सहितको गठबन्धनले नै चुनाव पछिको नयाँ सरकार बन्ने चर्चा सँगै आज शेयर बजारमा सुधार देखिएको हो । तर कारोबारको अन्तिम समयमा अप्रत्यासित रुपमा बजार बढेको छ ।

सोमबार १५८ वटा कम्पनीको शेयर मूल्यमा सुधार आउदा ४१ वटाको मूल्य तल झरेको छ । आज सर्वाधिक धेरै समिट लघुवित्त र सिवाइसिएलका शेयरधनीले कमाएका छन् । नेपाल टेलिकमको पनि ७.४६ प्रतिशतले सुधार देखिएको छ । आजको शेयर बजार सुधार नेपाल टेलिकमको पनि राम्रै योगदान रहेको छ । नेपाल टेलिकमले बोनस शेयर घोषणा गर्ने चर्चा सँगै मूल्यमा सुधार देखिएको हो । आज बाणिज्य बैंकको सूचक बाहेक सम्पुर्ण सूचक तथा उपसूचकमा सुधार देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS