Connect IPS
IME Life

शिवम सिमेन्टमा इन्साइडर ट्रेडिङ, सञ्चालक समितिका अध्यक्ष गोयलकै १५ अर्ब माथिको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शिवम सिमेन्टका सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र कुमार गोयलले दोस्रो बजारमा इन्साइडर ट्रेडिङ ‘भित्रि कारोबार’ गरेर अर्बौ रुपैयाँ कमाएका छन् । योयलले आफु अध्यक्ष हुँदा हुँदै दोस्रो बजारबाटै २७ लाख ४३ हजार ९०० कित्ता शेयर बिक्री गरेको पाइएको छ ।

कम्पनीले आइपिओ निष्काशन गर्दा योयलको नाममा ४६ लाख ४६ हजार ४०० कित्ता शेयर थियो । गोयल कार्यकारी अध्यक्ष समेत हुन् । अहिले गोयलको नाममा जम्मा १९ लाख २ हजार ५०० कित्ता मात्रै शेयर छ । जवकी यस अवधिमा गोयल निरन्तर कम्पनीको सञ्चालक समिति अध्यक्ष हुन् । उनले ६०० रुपैयाँ भन्दा माथिको मूल्यमा शेयर खरिद बिक्री गरेको पाइएको छ । नेपाल स्टक एक्सचेन्जबाट विगत एक वर्षको अवधिमा भएको सर्वाधिक ठुलो कारोबारलाई हेर्दा ६०० देखि ८०० सय रुपैयाँको कारोबार भएको देखिन्छ ।

Prabhu
Crest

गोयल मात्रै नभइ कम्पनीको प्रमुख संस्थापकहरुले आधा भन्दा शेयर बिक्री गरिसकेको पाइएको छ । कम्पनीका सञ्चालक तथा प्रमुख शेयरधनीहरुले नै गत वर्ष हकप्रद शेयर निष्काशन गर्ने हल्ला मच्चाएर कम्पनीको शेयर मूल्य बढाएका थिए ।

गोयलको संलग्नता इन्साइडर ट्रेडिङमा समेत देखिएको छ । उनि सहित संस्थापक समुहका धेरै शेयरधनीहरुले कम्पनीको शेयर बिक्री गरेको पाइएको छ । कतिपय ठुला लगानीकर्ताले महंगोमा शेयर बिक्री गरेर बाहिरिएका छन् । तीन अर्बमा खुलेको कम्पनीबाट संस्थापक शेयरधनीहरुले शेयर बिक्री गरेरै दोस्रो बजारबाट अर्बौ रुपैयाँ पैसा अन्यन्त्र लैजादा नेपाल धितोपत्र बोर्ड भने चुप लागेर बसेको छ । अन्य संस्थापकको हकमा बोर्डले केहि गर्न नसके पनि सञ्चालक समितिका अध्यक्षले नै शेयर खरिद बिक्री गर्दा नेपाल धितोपत्र बोर्डले केहि गर्न सकेको छैन ।

कम्पनीले सिमेन्ट उत्पादन गरेर दिने प्रतिफल भन्दा शेयर बिक्री गरेर अर्बौ रुपैयाँ आम्दानी हुने भए पछि संस्थापकहरुले शेयर बिक्री गरेर बाहिरिएका हुन् । बैंक वित्तीय संस्था तथा बीमा कम्पनीहरुको नियामक निकाय हुने हुँदा नेपाल राष्ट्र बैंक तथा नेपाल बीमा प्राधिकरणले नियमन गरिरहेका हुन्छन् । तर उत्पादन तथा प्रशोधनमुलक कम्पनीहरुको नियामक निकाय नहुँदा खुलेआम कम्पनीहरुले गलत हिसावले काम गर्दा हेर्ने निकाय छैन । यस्ता कम्पनीमा व्यापक रुपमा हुने इन्साइडर ट्रेडिङलाई धितोपत्र बोर्डले समेत हेर्न सकेको छैन ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको सूचीकृत संङ्घठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७४ अनुसार कम्पनीको सञ्चालकले आफु पदमा बहाल रहुन्जेज र पदबाट हटेको एक वर्षसम्म कम्पनीको शेयर खरिद बिक्री गर्न पाइदैन । धितोपत्र बोर्डले जारी गरेको उक्त निर्देशिकाको दफा १४ को उपदफा ६ मा ‘कुनै व्यक्ति सञ्चालक पदमा बहाल रहुञ्जेल र सो पदबाट हटेको एक वर्षसम्म सोही संस्थाको कुनै पनि प्रकारको शेयर, डिबेञ्चर खरिद बिक्री गर्न पाउने छैन ।’ भनिएको छ ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावलीको नियम ३८ को उपनियम दुई अनुसार सञ्चालक समितिका अध्यक्ष तथा सदश्यले पदमा रहुन्जेल र पदबाट हटेको एक वर्षसम्म शेयर कारोबार गर्न नमिल्ने व्यवस्था रहेको नेपाल धितोपत्र बोर्डका प्रवक्ता रुपेश केसीले जानकारी दिए । यदि अध्यक्षले पदमा रहदा रहदै कारोबार गरेको पाइएमा नियम अनुसार कारबाही हुने उनले प्रष्ट पारे । यस नियम अनुसार अध्यक्ष तथा सञ्चालकले शेयर बिक्री मात्रै नभइ लेनदेन हस्तान्तरण समेत गर्न पाइदैन । शेयरधनीकै मृत्यु भएको अवस्थामा बाहेक शेयर हस्तान्तरण गर्न नमिल्ने कानुनी व्यवस्था छ ।

अर्को तर्फ यहि प्रकरणमा गोयलले  धितोपत्र सम्बन्धी ऐन २०६२ को परिच्छेद ९ अनुसार भित्रि कारोबार गरेको देखिन्छ । यसरी अध्यक्षकै नामको शेयर घट्नु, बजारमा हकप्रद लगायतका हल्ला चलाएर आफु तथा आफु मातहतका व्यक्तिहरुको शेयर बिक्री गर्नुले भित्री कारोबार गरेको पुष्ठी हुन्छ । यसरी कम्पनीका संस्थापकहरुले खुलेआम संस्थागत सुशासन निर्देशिका तथा प्रचलित कानुनी व्यवस्था विपरित कारोबार हुँदा पनि बोर्डले अनुसान्धान गर्न सकेको छैन ।

गोयलका सम्भावित कारोबार

Shivam tade pdf

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

18%

खुसी

13%

दु :खी

5%

अचम्मित

3%

उत्साहित

61%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS