काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार भारी अंकले घटेको छ । आज नेप्से परिसूचक ३१ दशमलव ९७ अंकले घटेर १,८८५ दशमलव ३१ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा २५३ वटा कम्पनीको ३५ लाख १२ हजार ८३४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १० करोड ३४ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । आज कम्पनीको १० करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ७ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ५ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।