IME Life
Beema Board

बीमा कम्पनीहरुलाई सके प्रिमियम नसके आधार मूल्यमै भए पनि तत्काल आइपिओ जारी गर्न निर्देशन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइपिओ निष्काशन नगरेका बीमा कम्पनीहरुलाई तत्काल आइपिओ निष्काशन गर्न निर्देशन दिएको छ । तत्काल आइपिओ निष्काशन गरेर चैत भित्रमा तोकिएको पूँजी पुरा गर्न निर्देशन दिइएको प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले जानकारी दिए ।

उनले भने ‘उनिहरुले विगत ५ वर्षदेखि आइपिओ निष्काशन नगरि बसेका छन् । के गरि हुन्छ कसरी हुन्छ तत्काल आइपिओ निष्काशन गर्नु पर्यो ।’ उनले थपे ‘बजारबाट उठाउनु पर्ने ३० प्रतिशत पूँजी त उठाउनु पर्यो नि । कम्पनीहरुले आइपिओ निष्काशन गरेर मात्रै सुख छैन उनिहरुले बाँकी पूँजी पनि तत्काल जुटाउनु पर्यो ।’

Prabhu
Crest

अझै पनि सन नेपाल लाइफ, आइएमई लाइफ, सिटिजन लाइफ, महालक्ष्मी लाइफ र रिलायबल नेपाल लाइफले आइपिओ निष्काशन गरेका छैनन् । यस मध्ये महालक्ष्मी लाइफले प्रभु लाइफ सँग मर्जरको संझौतापत्रमा हस्ताक्षर गरेको छ ।

बाँकी चार वटा कम्पनीहरुले आइपिओका लागि प्रकृयाँ नै अगाडी बढाएका छन् । कतिपय बीमा कम्पनीहरुले नेपाल बीमा प्राधिकरणबाट प्रिमियममा आइपिओ निष्काशन गर्ने अनुमति समेत नलिइ नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको पाइएको भन्दै प्राधिकरणले अनुमति लिएर मात्रै बोर्डमा निवेदन पेश गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले यहि चैत मसान्त भित्र जीवन बीमा कम्पनीहरुलाई न्युनतम ५ अर्ब रुपैयाँ पूँजी जुटाउन निर्देशन दिएको छ । पूँजी जुटाउदा हकप्रद शेयर निष्काशन गर्न नपाउने व्यवस्था समेत गरेको हुँदा कम्पनीहरु मर्जरका लागि जोडी खोजेर बसेका छन् ।

प्राधिकरणले एकातिर पूँजी बढाउन निर्देशन दिएको छ भने अर्को तर्फ हकप्रद शेयरलाई बन्देज गरेको छ । यसले गर्दा आइपिओ निष्काशन नगरेका कम्पनीहरु पनि अन्य कम्पनीहरु सँग मर्जरको वार्गेनिङ गरेर बसेका छन् ।

यसरी कम्पनीहरु एक आपसमा वार्गेनिङ गरेर बस्दा पूँजी जुटाउने समय घर्किदै गइरहेको छ । महालक्ष्मी लाइफ बाहेक अन्य कम्पनी प्रिमियममा आइपिओ निष्काशन गरेर बाँकी पूँजी बोनस शेयर र हकप्रद शेयर निष्काशन गरेरै जुटाउने योजनामा छन् । तर उनिहरुले आफ्नो योजना अनुरुप आइपिओ निष्काशन गर्न सकेका छैनन् ।

नेपाल धितोपत्र बोर्डले बीमा कम्पनीहरुलाई प्रिमिमयमा आइपिओ निष्काशनको अनुमति दिन आनाकानी गरिरहेको छ । उता प्राधिकरण भने यदि धितोपत्र बोर्डले अनुमति दियो भने प्रिमियममा आइपिओ निष्काशन गर्दा हुन्छ भनिरहेको छ । यदि धितोपत्र बोर्डले कम्पनीहरुलाई प्रिमिमयममा आइपिओ निष्काशन गर्न दियो भने प्राधिकरणको कुनै पनि अवरोध नहुने अध्यक्ष सिलवालले बताए ।

धितोपत्र बोर्डले प्राधिकरण मार्फत नै प्रिमियममा आइपिओ निष्काशन प्रकृयाँलाई रोकाउन चाहिरहेको छ । बीमा कम्पनीहरुले प्रिमियममा आइपिओ जारी गर्न नपाउने भन्ने कुनै प्रष्ट कानुनी व्यवस्था छैन । तर बोर्ड प्रिमियममा आइपिओ निष्काशन गर्न दिने पक्षमा छैन । यसले गर्दा पनि बीमा कम्पनीहरुले आइपिओ निष्काशन प्रकृयाँलाई अगाडी बढाउन सकिरहेका छैनन् । बोर्डले ठाडै हुँदैन पनि नभन्ने अनुमति पनि नदिने अवस्थाले गर्दा बीमा कम्पनीहरुले अव भने संकटमा परेका छन् ।

प्राधिकरणले कम्पनीहरुलाई निर्देशन जारी गर्दै यदि बोर्डले अनुमिति दियो भने प्रिमियममै आइपिओ जारी गर्नु होइन भने आधार मूल्यमै भए पनि तत्काल प्रकृयाँ अगाडी बढाउन निर्देशन दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

57%

खुसी

14%

दु :खी

14%

अचम्मित

14%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS