IME Life
Beema Board

कर्मचारी सञ्चय कोषको प्रशासकमा जितेन्द्र धिताल नियुक्त

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । नेपाल सरकारले कर्मचारी सञ्चय कोषको प्रशासकमा जितेन्द्र धिताललाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको बैठकले धिताललाई प्रशासकमा नियुक्त गर्ने निर्णय गरेको हो । ०७८ भदौदेखि कोषको निमित्त प्रशासकका रुपमा काम गर्दै आएका धिताललाई सरकारले आगामी पाँच वर्षका लागि प्रशासकमा नियुक्त गरेको हो ।

कोषमा प्रशासक छनोटका लागि अर्थ मन्त्रालयले एक सिफारिस समिति बनाएको थियो । समितिले आवेदन दिएका मध्येबाट तीन जनाको नाम सिफारिस गरेको थियो । सिफारिस भएका तीन जनामध्ये सरकारले धिताललाई नियुक्त गर्ने निर्णय गरेको हो । धिताल चार्टर्ड एकाउन्टेन्ट हुन् । ०६५ सालमा चार्टर्ड एकाउन्टेन्टका रुपमा धिताल कर्मचारी सञ्चय कोषको जागिरमा प्रवेश गरेका हुन् । उनले अर्थशास्त्र र सूचना प्रविधिमा स्नातकोत्तर गरेका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS