IME Life
Beema Board

सेञ्चुरी कमर्सियल बैंकको साधारण सभा पुस १४ गते, के-के छन् एजेण्डा ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले १२औं साधारणसभा आह्वान गरेको छ । बैंकले पुस १४ गते बिहिबार आर्मी अफिसर्स क्लबमा सभा आह्वान गरेको हो । बैंकको मंसिर २१ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

बैंकले आर्थिक वर्ष ७८/७९ को मुनाफ बाट ४ दशमलव ७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव २५ प्रतिशत नगद लाभांश गरि कुल ५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

बैंकको सभामा आर्थिक वर्ष २०७८/८९ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रभाव विवरण सहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत) छलफल गरि पारित गर्नेछ ।

त्यस्तै, सभाले लेखापरिक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव हुने छन् । विशेष प्रस्ताव अन्तर्गत प्रभु बैंकसँग मर्जरमा जाने, मर्जर सम्बन्धमा हालसम्म भए गरेका कामकारवाही अनुमोदन गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट मर्जर प्रक्रियामा तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रकियामा संशोधन गर्न निर्देशन आएमा सो सम्बन्धि कार्यहरु गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव अनुमोदन गर्नेछ ।

बैंकले साधारणसभा प्रयोजनको लागि पुस ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS