IME Life
Beema Board

मर्जरको लागि दुई बैंकले गरे अन्तिम सम्झौतापत्रमामा हस्ताक्षर

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच गाभ्ने गाभिने सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ। दुई बैंकबीच बुधबार सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौतामा प्रभु बैंकको तर्फबाट संयुक्त प्राप्ति (एक्विजिसन) समितिका संयोजक रमेशसिंह खड़का र सेञ्चुरी कमर्सियल बैंकको तर्फबाट संयुक्त एक्विजिसन समितिक सदस्य मनबहादुर राईले हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

अन्तिम सम्झौता अनुसार प्रभु बैंकले सेञ्चुरी बैंकलाई १ः१ को स्वाप रेसियोमा गाभ्ने निर्णग गरेको हो । सेञ्चुरीलाई गाभेपछि बन्ने बैंकको नाम प्रभु बैंक नै रहने छ । संचालक समितिमा प्रभु बैंकबाट ४ जना र सेन्चुरीबाट ३ जना जाने सहमति भएको छ ।

त्यस्तै सीइओको रुपमा हालका प्रभु बैंक कै सीइओ रहने छन् भने सेञ्चुरीका हालका सीइओ बैंकमा सिनियर डेपुटी सीइओको रुपमा रहने सहमति भएको छ । त्यस्तै कर्मचारीहरु समायोजन गर्दा हाल खाईपाई आएको सेवा सुविधा नघट्ने गरि समान समान हैसियतमा समायोजन गर्ने सहमति भएको छ । पुस भित्र नै एकिकृत कारोबार गर्ने गरि प्रक्रिया अगाडी बढाउने सहमति भएको छ ।

अन्तिम सम्झौता भएसँगै दुवै बैंकले साधारणसभा आह्वान गरेका छन् । दुवै बैंकले पुस १४ गतेको लागि साधारणसभा आह्वान गरेका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

67%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS